१ करोडको शिक्षक, कर्मचारी सहायता कोष : चालू आ.व.मा ३० लाख स्रोत सुनिस्चिताको निर्णय।

Jantedhunga

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारीहरुका लागि दुई बर्ष भित्र एक करोडको शिक्षक, कर्मचारी हक, हित कोषको स्थापना गर्ने घोषणा गरेको भोलीपल्ट २०८१ चैत्र ३ गतेको ५३ औँ गाउँकार्यपालिकाको बैठकले चालू आ.व. मा ३० लाख स्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ।

शिक्षक, कर्मचारीहरुको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राईले २०८१ चैत्र २ गते बर्तमान संघिय शिक्षा ऐन, नियमावली अनुसार बिध्यालयमा कार्यरत राहत, अनुदान, अस्थायी, करार, बाबिके, लेखा, कार्यालय सहयोगीलगाएत शिक्षक, कर्मचारीहरुको भविष्य अन्योल भएको र शिक्षक, कर्मचारीहरुको जीवनमा पर्न सक्ने जोखिम, विपत तथा आर्थिक संकटलाई मध्यनजर गर्दै त्यसका लागि १ करोडको शिक्षक हक, हित कोष स्थापना गर्ने घोषणा गर्नु भएको थियो। 

अध्यक्ष राईको उक्त घोषणा अनुसार गाउँकार्यपालिकाको बैठकले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कार्यरत राहत, करार, बा.बि.के., कार्यालय सहयोगी, कर्मचारी एंव सम्पुर्ण शिक्षकहरुको वृहत्तर हित, अत्यावश्यक सहायता र निजहरुको उत्प्रेरणा अभिबृद्दिका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका शिक्षक, कर्मचारी सहायता कोष स्थापना गर्ने र कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमा गरि चालू आ.व.मा ३० लाख ब्यवस्थापन गर्ने साथै आगामी आर्थिक बर्षमा उक्त कोषको आकार रु. एक करोड पुर्याउने निर्णय गरेको छ।  

अध्यक्ष राईको घोषणा बमोजिम कोषका लागि चालू आ.व. मा ३० लाख श्रोत सुनिस्चिताको निर्णय भएसंगै १ करोडको शिक्षक, कर्मचारी सहायता कोष स्थापना हुने र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ४९ ओटा सामुदायिक बिध्यालयमा कार्यरत सम्पुर्ण शिक्षक, कर्मचारीहरुको हक, हित र संरक्षणका लागि खर्च गरिने  गाउँकार्यपालिकाको प्रवत्ता तथा वडा नं. ३ का वडाध्यक्ष भुपेन्द्र बस्नेतले जानकारी दिनु भयो। साथै शिक्षक, कर्मचारीहरुको हक, हितका लागि गरिएको यो निर्णय ७५३ स्थानीय तहहरुमध्ये पहिलो र नयाँ भएकाले अन्य स्थानीय तहहरुलेसमेत अनुसरणयोग्य भएको बताउनु भयो।

Jantedhunga
प्रतिक्रिया