हर्कबहादुर राईको स्मृतिमा आयोजित भलिबल प्रतियोगीतामा बालकन्य माबि प्रथम - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

हर्कबहादुर राईको स्मृतिमा आयोजित भलिबल प्रतियोगीतामा बालकन्य माबि प्रथम

खोटाङ- द्धन्द्धको समयमा हत्या गरिएका प्रअको स्मृतिमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा आयोजित अन्तर मावि स्तरिय भलिवल प्रतियोगिताको पहिलो उपाधी बालकन्य माबि धर्तुङले जितेको छ ।

२०५८ साल माघ ३ गते हत्या गरिएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी माबिका तत्कालिन प्रअ हर्कबहादुर राईको स्मृतिमा आयोजित भलिबल प्रतियोगीतामा बालकन्य माबिले प्रथम उपाधि जितेको हो ।

स्थानीय चिसापानी नमूना माविको प्राङ्गणमा आयोजित प्रतियोगीतामा शान्ति माबि छोरम्बु दोश्रो र सप्तकन्य माबि चिप्रिङ तेश्रो भएको आयोजक शहीद हर्कबहादुृर राई स्मृति प्रतिष्ठानका सचिव बाजिन्द्र बिष्टले बताउनु भयो ।

आईतबार समापन भएको भलिवल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १५ हजार र तेश्रो स्थान प्राप्त समुहले १० हजार प्राप्त गरेका छन् । विजयी टिमलाई नेपाली कांग्रेसका महासमिति सदस्य रबिप्रकाश राईले पुरस्कार हस्तान्तरण गरेका छन् ।

प्रतियोगीतामा जिल्लाका विभिन्न १४ टिमको प्रतिष्पर्धा रहेको थियो । प्रतियोगीता शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले उद्घाटन गरेका थिए ।

प्रतिष्ठानले भलिवल प्रतियोगीताका साथमा अन्तर मावि स्तरिय एकल छात्रा नृत्य प्रतियोगीताको समेत आयोजना गरिएको जनाएको छ । प्रतियोगीता समापनको अवशरमा व्याडमिन्टनको शो मेच सञ्चालन गरिएको थियो ।

नेपाल शिक्षक संघ खोटाङका तत्कालिन अध्यक्ष रहेका राईलाई तत्कालिन नेकपा माओबादीका कार्यकर्ताले विद्यालयबाट अपहरण गरी काहुले, डम्बर्खुशिवालय र चिसापानीको सिमामा पर्ने हुम्मापोखरीमा लगेर हत्या गरेको आफन्तको भनाई छ । किरात वर्कर्स पार्टीबाट नेकपा माओबादीमा प्रबेश गरेका कार्यकर्ताले राईको हत्या गरेका थिए । कार्यरत विद्यालय नजिक राखिएको राईको समाधिस्थल महिना दिनपछि उत्खनन गरी चिसापानीको बिपीचोकमा लगेर जलाइएको घटना रहस्यमय रहेको प्रतिष्ठानका सचिव बिष्टले बताए । द्धन्द्ध कालमा मारिएका शिक्षक राईलाई नेपाल सरकारले शहीद घोषणा गरिसकेको छ ।
प्रभाव न्युज बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *