स्थानिय राईले बनाए काठको हवाई जहाज - जन्ते ढुंगा

स्थानिय राईले बनाए काठको हवाई जहाज

सन्तोश पौडेल खोटाङ माघ १८ शुक्रबार स्थानिय दिपक राइले काठको हवाई जहाज को काम ४० प्रतिशत सम्मप्न पारेका छन ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ४ खाल्ले बस्ने दिपक राइले विज्ञान प्रबिधिको सहि सदुपयोग गर्दै राइले आफ्नो तवरबाट हवाइ जहाज बनाउन थालेका हुन।
हवाई जहाको लम्बाई ९ फिट , चौडाई १२ फिट र उचाई ४ फिट रहेको छ ।बिशेश अनुसन्धान गरि एक ब्याक्ती मात्र चड्न सक्ने तीन सय ५० आर .पि.एम क्षमता भएको निर्माण गरेका छन ।
मिनि हवाईको आफ्नै डिजाईन बाट तयार पारिएको एक पङ्खे , एक सिटे भएको र यसका सिस्टमहरु अरु सिस्टम भन्दा फरक किसिमले तयार पारिएको छ ।

उत्त काठको हवाइ सानो ठाउँमा अट्न सक्ने गरि तयार पारिएको र यसलाइ फोल्डिनगरि पनि राख्न सकिने राइको भनाई छ ।
यो हवाइ फ्लाइट हुने बेलामा पँखेटा फिजाई हिड्ने करिव २०-३० मिटरको दुरिमा कुद्नुका साथै उड्न सक्ने क्षमता अनुसारको बनाइएको छ ।
यसको उड्न सक्ने क्षमता बढिमा ५ किलोमीटर सम्म र कम्तिमा २.५० किलोमिटरसम्म उड्न सक्ने फ्लाइट ल्याण्ड गर्ने बेलामा पँखेटा १० मिटकै दुरिमा अट्न सक्ने बनाईएको राइले बताए ।
भिजिट नेपाल ट्वान्टी ट्वान्टी दिक्तेल महोत्सव २०७६ फाल्गुन २ देखि १२ सम्म आफ्नो विभिन्न आविष्कार कलाहरुको प्रदर्शनी गर्ने बताएका छन ।
राई कलाकारिताको क्षेत्रमा आर्ट्स डिजाईन बाट २०६६ सालको राष्ट्रिय माईन जोखिम चित्रकला प्रतियोगितामा २० वटा जिल्लाका करिव ५६ हजार विद्यार्थी मध्ये सर्बो उत्कृष्ट हुन सफल भई जिल्ला नाम पहिचान राख्न सफल भएका थिए ।
यिनी २०७५ असार २६ गते जिल्लाकै नयाँ बैज्ञानिक र विभिन्न संरचनाको नयाँ आविष्कार समबन्धमा पनि सर्बो उत्कृष्ट सम्मान पत्र पाएका थिए ।
राई विद्यार्थी अखिल क्रान्तिकारीका जिल्ला सचिव र बामगठबन्धन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ४  खाल्लेका सचिव पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *