आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् बजार भाउ - जन्ते ढुंगा

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् बजार भाउ

काठमाडौं । दुई दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने बढेको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ ।बिहीबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर ७५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ पनि उकालो लागेको छ । बिहीबार ८ सय ७५ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर तोलाको ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अबदेखि एकल पुरूषलाई पनि भत्ता दिने प्रस्ताव पारित ९निर्णयसहित०

बझाङ । थलारा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाभरिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय भएको छ । गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने प्रस्ताव पारित गरेर आर्थिक वर्ष २०६७ ०७७ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको हो ।गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषलाई सामाजिक सु’रक्षा भत्ता उपलब्ध गराउन लागेको अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिनुभयो । अध्यक्ष उपाध्यायका अनुसार एकल पुरुषले मासिक ५ सय रुपैयाँ समाजिक सु’रक्षा भत्ता पाउने छन् ।

त्यसको लागिगाउँपालिकाका ९ वटै वडामा तथ्याङ्क संकलन कार्य भइरहेको छ ।पत्नी दि’वंगत भएर एकल बसेका वा विवाह नै नगरी एकल बसेका पुरुषलाई समेत गाउँपालिकाले समाजिक सु’रक्षा भत्ता उपलब्ध गराउन लागिरेहेको हो । नगरपालिकाको यस्तो निर्णयपछि सबै वडाले एकल पुरुषको निवे‍दन, नागरिकता, पत्नी मृ’त्युको प्रमाणपत्र र तस्बिर संकलन कार्य गरिरहेका छन् ।

महायज्ञमा सङ्कलित एक करोड रुपैयाँ बोकेर ‘महाराज’ फरार

गुल्मी । केही महिनाअघि गुल्मीको रिडीमा ‘बाल योगेश्वर महाराजका’ नामले महायज्ञ लगाएका गुल्मी वस्तुका विजय भण्डारीले उक्त महायज्ञमा सङ्कलन भएको एक करोड नगद आफैले बोकेर गएको खुलासा भएको छ । यतिमात्र होइन, पेट्रोलियम पदार्थ र खाना, किराना सामाग्री लगायतको उधारो रकमसमेत नतिरेको पाइएको छ ।भदौ २८ गतेदेखि असोज ११ गतेसम्म रुरु धार्मिक क्षेत्रको प्रचारप्रसार, भौतिक विकासको प्र’लोभन देखाउँदै भण्डारीले महायज्ञ लगाएका थिए । उनको ठ’गी ध’न्दावि’रुद्ध महायज्ञ उद्घाटनकै अघिल्लो दिन समाचार सम्प्रेषण भएको थियो ।

त्यसलगत्तै प्रहरीले पक्राउको तयारी गरे पनि भण्डारीले सर्वोच्चबाट जिल्ला अदालत गुल्मीमा पत्र पठाउन लगाई पक्राउ हुनबाट जो’गिएका थिए । उक्त महायज्ञमा ‘महाराज’लाई सहयोग पु¥याउने मध्येका एक हुन् रुरु क्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विक ।स्थानीय समाजसेवी गुरुप्रसाद ज्ञवाली पनि उनका सहयोगी थिए । यीसहित धेरैले उतिबेला ठ’ग ‘महाराज’ वि’रुद्धको समाचारलाई ‘झु’टो’ भनेका थिए ।उनै मध्येका धेरैले यतिबेला बल्ल ‘महाराज’को क’र्तुत बुझ्दै जान थालिएको बताए । नाम नबताउने सर्तमा रिडीका एक अगुवा समाजसेवीले भने, ‘मैले उतिबेलै उक्त समाचारका पक्षमा ताली बजाएको हुँ ।

तर स्थानीय भएकोले असहयोग नगरौँ भनेर चुप लाग्न बाध्य भएको थिएँ ।’वडाध्यक्ष विकले रुरु क्षेत्रको प्रचारप्रसार होला र केहि भौतिक विकास पनि गर्न सकिएला भनेर महायज्ञ गर्न चाहेको तर अहिले उल्टै ‘महाराज’बाट ठ’गिनु परेको बताए ।अहिलेसम्म रिडीका विभिन्न व्यवसायीहरुको १८ लाख रुपैयाँ महाराजले नतिरी गएको वडाध्यक्ष विकले बताए । ‘रुरु धाममा एसियाकै ठूलो शङ्ख बनाइदिने, रुरु कन्याले मृगको दुधपान गरेको ठूलो आकारको प्रतिमुर्ति बनाइदिने वा ४ सयदेखि ५ सय किलोसम्मको विशाल घण्टा बनाइदिने सहमतिमा महायज्ञ गरिएको थियो,’ विकले भने, ‘अन्तिममा सवा २ करोड खर्च भयो भनेर जिन्सी र नगदसहित एक करोड रुपैयाँ महाराजले आफै लगेर गएका हुन् ।’

महायज्ञका क्रममा ठ’ग ‘महाराज’ले रिडीका किशोर श्रेष्ठको नयना इन्टरप्राईजेजबाट ६ लाख १० हजारको पेट्रोलिय पदार्थ उधारोमा लिएका थिए । ‘पैसा पछि पठाउँछु’ भन्दै हिँडेका भण्डारीले खातामा पैसा नभएको चेक दिए । फेरि अर्को भाका राखे माघ २२ गतेका लागि । अहिलेसम्म पनि उक्त रकम पाउन नसकेको श्रेष्ठले बताए ।रिडीकै ओम अमात्यको आयुष ट्रेडर्सबाट २ लाख ५० हजार रुपैयाँ बराबरको रासनलगायतका किराना सामानहरु उनले उधारो लिएका थिए । उक्त रकम पनि अहिलेसम्म पाउन नसकेको आमात्यले बताए ।

भनेजति पैसा दिने प्रलोभन देखाउँदै स्थानीय रेडियो, टेलिभिजनहरुमा महायज्ञको व्यापक प्रचार गराएका भण्डारीले अहिलेसम्म विज्ञापनको समेत रकम नतिरेपछि स्थानीय सञ्चारमाध्यमका सञ्चालक एवं सञ्चारकर्मीसमेत जिल्लिएका छन् ।‘अमेरिका पठाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिबाट करोडौँ रकम अ’सुलेका भण्डारी वैदेशिक रोजगार ठ’गी मु’द्दामा जे’ल पर्नु अघिसम्म विष्णु प्रपन्नाचार्यको आवरणमा धर्मका नाममा ठ’गी धन्दा चलाउँदै आएका थिए ।पछिल्लो पटक जे’लबाट छु’टेपछि उनले बाल योगेश्वरको आवरणमा आफ्नो घर गुल्मीको वस्तु नजिकै पालुखा गाउँका चिनेजानेका शिक्षक र समाजसेवीहरुलाई हातमा लिएर पालुखा माध्यमिक विद्यालयमा २०७५ साल असोज २२ देखि २९ गतेसम्म महायज्ञ लगाए ।

आफ्नो छवि राम्रो बनाउने सोचका साथ उनले महायज्ञ लगाए, परिणामस्वरुप कुल उठेको नगद रकम ३९ लाखमध्ये जम्मा ११ लाख ५० हजार मात्रै लगे । पछि अन्य विद्यालय पनि उनीप्रति आ’कर्षित हुन थाले । पालुखा माविका प्रधानध्यापक बाबुराम खत्रीका अनुसार ३३ लाख बोल रकम अझै उठेको छैन ।गत वर्ष नै उनले मुसिकोट नगरपालिका–१, अरेवाको जनज्योति माध्यामिक विद्यालयमा महायज्ञ लगाए । त्यहाँबाट उनले त्यो भन्दा बढि रकम लगे । उठेको नगद रकम आफूले लैजाने र बोलकबोल भएको उधारो रकम आयोजकलाई भिराएर जाने कामलाई उनले निरन्तरता दिन थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *