नेकपाले धर्म नछाडोस, काङ्ग्रेसले माग सच्याओस- ललिता निवास जग्गा प्रकरण : अनुज खड्का - जन्ते ढुंगा

नेकपाले धर्म नछाडोस, काङ्ग्रेसले माग सच्याओस- ललिता निवास जग्गा प्रकरण : अनुज खड्का

यो ब्यक्तिगत बिचार वा अभिब्यक्ती होइन । आग्रह र पुर्बाग्रह पनि समाबेश नभएको स्वतन्त्र एबम सार्बजनिक अभिब्यक्ती मात्र हो । अख्तियारले जुन निर्णय गर्यो त्यो साहसको सम्मान गर्दैगर्दा, प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आक्रोशलाई नजरअन्दाज गर्नु मुर्खता ठहरिने छ । दुईतिहाईको नेकपा सरकारले देशमा थिती बसाल्दै लगेको कुरा हामीले स्विकार्नैपर्छ । हिजोको बेथितिहरु बिस्तारै चिरिदै छन । यो सत्य हो । तरपनि सत्तापक्ष र प्रतिपक्षको अस्वस्थ राजनितिक लडाईले देशमा अझै अराजकता र दण्डहीनता वा उदण्डता झाङ्गिने त होईन ?

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले नेपाली काङ्ग्रेसका उपसभापति एबम काङ्ग्रेस संसदिय दलका उपनेता गच्छदार सहित १७५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिरहदा, ललिता निवासको जग्गा घोटाला प्रकरणमा नाम जोडिएका अन्य कम्युनिस्ट भनिएका नेतालाई पनि यसमा समाबेश गर्नुपर्ने थियो । मुद्दा दायर हुनु भनेको दोषी करार हुनु हुँदै होईन । अनुशन्धारले तथ्य एबम प्रमाणका आधार वा दोषी र निर्दोषको स्पष्टता पक्कै प्रदान गर्ने नै छ । हुनत अख्तियारको पनि आफ्नै बिशिष्ठता वा कार्यसम्पादन शैली र क्षेत्राधिकार वा बिधिबिधान होलान- यसमा द्विबिधा छैन । तरपनी सत्तापक्षको गुलामी जस्तो देखिने गरि कुनैपनी मुद्दामा हात हाल्नु अख्तियारको दुर्भाग्य बन्न सक्छ ।

नेपाली काङ्ग्रेसले गच्छदारलाई बचाउन नाङ्गो नाच देखाउनु पनि सिङ्गो लोकतान्त्रिक पार्टीको मर्यादालाई खरानी बनाउनु हो । तर यसमा अन्यलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर सदनबाटै पहल गर्नु काङ्ग्रेसको धर्म । किनभने निष्पक्ष छनबिन गर्न अख्तियार स्वतन्त्र छ भने सत्तापक्षको नेतालाई पनि छानबिनको दायरामा ल्याउनै पर्छ । जबकी यस प्रकरणमा पहिला नै नाम मुछिएका कयौ कम्युनिस्ट नेता जिउदै छन । छानबिनका लागि मुद्दा लगाउदा केही फरक पर्थ्यो र ? त्यसोभए किन नलगाएको ? अख्तियारको नियत स्पष्ट छैन यस बिषयमा । अर्को कुरा नेपाली काङ्ग्रेसले सदन अबरुद्ध गर्ने होईन/ सदनमा तथ्य र प्रमाण सहित स्पष्ट आफ्नो माग राख्ने हो ।

यो प्रकरणमा १७५ जना विरुद्ध मुद्दा दायर भईसकेको छ । थप त्यत्ती नै संख्यामा अरुपनी पर्न सक्ने सहज अनुमान लगाउन सकिन्छ । २० अर्ब घोटालाको बिषयबस्तु चानचुने बिषय होईन । यसमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने देखिन्छ । किनभने दोषी जो कोहि होस । त्यसले कारबाही भोग्नैपर्छ । मेरो मान्छे र तेरो मान्छे भन्न छोडौ । जसको भएपनी दोषी हो भने कारबाहीको लागि पहल गरौ । अख्तियारले सकेसम्म बुद्धिमानी र गहन अनुशन्धान एबम तथ्याङ्क हासिल गर्नुपर्ने देखिन्छ । फिर्ता गर्छु भन्दैमा कोहि निर्दोष हुने भन्ने पनि हुन्छ ? लाज लाग्दो बिषय त यो पो हो । चोरेको मोवाईल कसैले किन्यो भने त्यो किन्ने मान्छेले त सजायको भागिदार बन्नुपर्छ भने देशबाट चलाखीपुर्बक लुटिएको २० अर्वको सम्पती किन्नेले फिर्ता गर्छु भन्दैमा जोगिन्छ भन्नू जस्तो हास्यास्पद कुरो अरु केही छैन ।

गच्छदारलाई बचाईदेउ होईन/ दोषी जति हरेकलाई कारवाही गर भनेर सडकमा आउनुस नेपाली काङ्ग्रेसलाई हरेक जनताको साथ र समर्थन प्राप्त हुने छ । यो समय काङ्ग्रेसले देशको लागि दिने अर्को एउटा ठूलो योगदानको अवसर बन्न सक्छ यो प्रकरण । नेकपाले पनि यसमा कुनैपनि आग्रह वा पुर्बाग्रह राख्नु हुदैन । सत्तापक्ष झनै सचेत बन्नुपर्ने देखिन्छ । अख्तियारले यसलाई पुन:बिचार गरोस र कमजोरी हो भने सच्याओस । होईन भने स्पष्ट रुपमा जनतालाई बुझाउन सकोस । आखिर किन त गच्छदार मात्र ? किन छुटे पौडेल ? किन आएनन छानबिनको दायरामा बाबुराम र माधब नेपाल ? जनता आज यहि जान्न चाहन्छन । अख्तियार कोहि कसैको प्रभाब वा दबाबमा छ भने पनि स्पष्ट भन्न सक्नुपर्यो । होईन भने गच्छदारलाई मात्र मुद्दा लाग्ने आधार त दिनुपर्यो नि !!

अनुज खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *