सुर्यनगर गोल्डकपको नगरप्रमुखद्वारा उद्घाटन - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

सुर्यनगर गोल्डकपको नगरप्रमुखद्वारा उद्घाटन

मुक्ती तिवारी

पाचौ सुर्यनगर गोल्ड्कपकको शनिबार बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्यालले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ।

नवयुवा क्लबका अध्यक्ष भिमकाजी गुरुङको अध्यक्षता तथा बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख धिरज शर्मा बस्यालले फुटवल बिस्वकै सर्वाधिक रुचीको खेल भएकाले पनि यस क्षेत्रको चिनारी समेत सुर्यनगर गोल्ड कपले बोकेको बताउनु भयो।खेलखुदको बिकास र खेलाडीहरुको प्रोत्साहनकालागि दक्ष खेलाडी उत्पादन तर्फ नगरले विशेष जोड दिने बताउनु भयो।

नगरभित्र आधुनिक रंगशाला निर्माणको कार्ययोजना अघि बढाईएको जानकारी दिदै नगरप्रमुख शर्माले बर्दघाट नगरपालिका भित्रका खेलाडीहरुलाई अघि बढाउनका निम्ति यस क्षेत्रको खेलकुदको बिकासका लागि नगरबाट पुर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

सोही अवसरमा बोल्दै सुस्ता गाउपालिका का अध्यक्ष रामप्रसाद पान्डेले स्थानिय स्तरमा खेलाडीहरु उत्पादन गरि रास्टृय स्तरसम्म पुर्याउनका लागि यस्ता किसिमका प्रतियोगिताहरुले बल पुर्याउने बताउदै खेलक्षेत्रको समग्र बिकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

यसै गरि कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका का प्रवक्ता रबिन्द्र बिक्रम हमालले खेलखुदको प्रवर्द्धनमा सुर्यनगर गोल्ड्कपले ठूलो टेवा पुगेको बताउनु भयो।आगामी दिनमा अझै परिस्कृत रुपमा यसलाई अघि बढाउदै यसमा सबै समुदाय र खेलप्रेमिहरुको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भयो।

कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवी पौडेल लगायत को मन्तव्य रहेको थियो।

उद्घाटन सत्रको पहिलो दिनको खेल अन्तर्गत नवलपरासी-११ र मकवानपुर बिचको प्रतिस्पर्धा रहेको थियो।जसमा नवलपरासीले १ का बिरुद्द २ गोलाल्तरले जित हासिल गरेको छ।खेलको पहिलो हाफ को ३ औ मिनेटमा नवलपरासी-११ का खेलाडी डेबिड डोमर जर्सि नम्बर-१४ ले १ गोल गरेका थिए।भने खेलको दोस्रो हाफ अन्तर्गत १० औ मिनेट मा नवलपरासी-११ का खेलाडी सुरज आलेले अर्को गोल गर्न सफल भएका थिए।त्यसै गरि दोस्रो हाफ अन्तर्गत मकवानपुरले १ गोल गरेको थियो।आजको खेलमा नवलपरासी-११ का खेलाडी डेविड डोमर म्यान अफ द म्याच घोसित भएका थिए।

क्लबका सस्थापक अध्यक्ष ईन्द्र गुरुङ्को स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन क्लबका पुर्व अदालत कृष्ण सापकोटाले सन्चालन गरेका थिए।कार्यक्रममा स्थानिय खेलप्रेमिहरु,समाजसेवी,विभिन्न राजनितीक दलका प्रतिनिधिहरु जनप्रतिनिधी,सन्चारकर्मी लगायतको उपस्थिती रहेको थियो भने दर्शकहरुको समेत उल्लेख सहभागीता रहेको थियो।

प्रतियोगिता बर्दघाट नगरपालिका को संरक्षकत्व तथा नवयुवा क्लब सुर्यनगरको आयोजनामा सन्चालन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *