आज प्राय सबै देशको मूल्य बढ्यो, तालिकामा हेर्नुृहोस कुन देशको विनिमयदर कति ? - जन्ते ढुंगा

आज प्राय सबै देशको मूल्य बढ्यो, तालिकामा हेर्नुृहोस कुन देशको विनिमयदर कति ?

काठमाडौं । आज माघ २६ गते आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ३८ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ १५ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ५० पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ८० पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *