खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न , उपाधी सशस्त्र प्रहरी उदयपुरलाइ - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न , उपाधी सशस्त्र प्रहरी उदयपुरलाइ

खोटाङ/ खोटाङको दिप्रुङ चुईचुम्मा गाउपालिका -३ स्थित श्री शान्ती निकेतन मिना कर्ण मावि सापातेलमा आयोजित खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगिताको उपाधी सशस्त्र प्रहरि उदयपुरले उचालेको छ ।

बिद्यालयको ६४ अौं बार्षिक उत्सवको अबसर पारेर छोरम्बुको खेलमैदानमा भएको सम्पन्न फाईनल खेलमा शितला प्रा:बि लोहोकिल दिप्रुङ चुइचुम्मा गाउपालिका-२ डाडागाउँलाई पछाडि पार्दै सशस्त्र प्रहरीले आफ्नो हातमा पारेको हो ।

प्रतियोगिता खेलमा १६ टिमको सहभागी मध्ये दिप्रुङ चुईचुम्मा गाउपालिका-१ याम्खाले तेस्रो स्थान ओगट्नु सफल भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल खेलाडीलाई क्रमशः १ लाख, ५० हजार र २५ हजारको साथमा शिल्ड,मेडल र प्रमाण-पत्र प्रदान गरिएको बिद्यालयको प्र.अ भुपेन्द्र बस्नेतले बताउनु भयो ।

शान्ती निकेतन मिना कर्ण मावि सापातेलको आयोजना तथा मिनाकर्ण ट्रष्ट काठमाडौंको प्रायोजनमा भएको उक्त खेल १४ अौं रनिङ शिल्ड भलिवल प्रतियोगिता हो ।
त्यस्तै सोही खेलको अबसर सङ्गै खुल्ला नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ । १० टिमको सहभागी रहेको नृत्य प्रतियोगितामा प्रथम हुने मिना कर्ण मावी सापातेल, द्वितीय पन्च कौसीका मावी भण्डारेघाट र तृतीय नव उदयज्योती आमा समूह बुइखुवालाई क्रमशः २ हजार, १ हजार ५ सय , १ हजार र ५ सय सहित प्रमाण-पत्र प्रदान गरिएको बिद्यालय स्रोतले जनाएको छ ।

प्रतियोगितामा बिजेता सम्पुर्णलाई गाउपालिका अध्यक्ष भुपेन्द्र राई, पुर्व सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत लगायतले पुरस्कार प्रदान गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *