हार्दिक बधाई! हेटौंडाकी प्रजिता सुवेदी बनिन् नेपाल टपर - जन्ते ढुंगा

हार्दिक बधाई! हेटौंडाकी प्रजिता सुवेदी बनिन् नेपाल टपर

हेटौंडा उपमहानगरपालिका–२ निवासी प्रजिता सुवेदी बीबीएम चौथो सेमेस्टर परीक्षा नेपाल प्रथम भएकी छिन्। मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत प्रजिताले परीक्षामा ३ दशमलव ९३ एसजीपीए प्राप्त गर्दै नेपाल टपर बनेको बीबीएमरबीबीए कार्यक्रमका निर्देशक मधुकुमार सिंहले जानकारी दिए।

प्रजितासँगै मनिषा लुईटेलले ३ दशमलव ८३, एन्जिला खड्काले ३ दशमलव ७३ र सर्वेश आचार्यले ३ दशमलव ६९ जीपीए प्राप्त गरेका छन्।

घ’टना घटेको ३ दिनपछि तीनजनासँग बयान लिएपछि मुना कार्कीको ह’त्यामा खुल्यो यस्तो रहस्य १

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह’त्या अनुसन्धानका क्रममा प्रहरीले तीनजनासँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कार्की निवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो । ड्राइभर र प्लम्बरले ह’त्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन् । पार्टटाइम काम गर्ने महिला कामदारले भने विजय रि”साहा स्वभावको रहेको बयान दिएकी छिन् ।

परिसरका एसपी दुर्गा सिंहले घ’टनाको अनुसन्धानका क्रममा तीनजनासँग बयान लिएको बताइन् । ‘कार्कीनिवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले नयाँ पत्रिकासँग भनिन्, ‘महिला कामदारले विजय रिसाहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृ’तक कार्कीले पनि विजय रि’साहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको बयान उनको छ ।’

उनीहरूले ह’त्या भएकी कार्की भने असल भएको बयान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आनिबानी राम्रो भएको बयान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्वभाव थियो भनेका छन् ।’ तीनजनाको बयान सकिए पनि अन्य व्यक्तिसँग बयान लिने क्रम जारी रहेको उनले बताइन् । नयाँ पत्रिकामा टेकराज थामीले यो खबर लेखेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *