तामाखानीको जंगलमा भिषण आगलागी - जन्ते ढुंगा

तामाखानीको जंगलमा भिषण आगलागी

तामाखानी / सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ मा रहेको जंगलमा आगलागि भएको छ । विहीबार विहान साढे ११ बजेको समयमा तामाखानिको बनवारी र धाप डाँडा बनमा आगलागि भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।आगलागिको कारण भने थाहा नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिनुभयो ।आगो स्थानिय, प्रहरी, सशस्त्र र नेपाली सेनाको प्रयासमा नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । यता वडा अध्यक्ष गोपाल मगरले भने आगो नियन्त्रणमा सेना र प्रहरीले सहयोग नगरेको गुनासो गर्नु भयो ।

आपूmहरु विहानै देखि नियन्त्रणमा रहेको भए पनि सुरक्षाकर्मीहरु आगोलागेको स्थानमा नआएको उहाँको गुनासो छ । विहीबार साझ सम्म पनि करिब १५ जना स्थानियले आगो नियन्त्रण गर्ने काम गरिरहेको भन्दै अध्यक्ष मगरले मुडा तथा सोतरमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको मगरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *