चिनियाँ नागरिकलाई बेलायतमा ‘कोरोना भाइरस’ भनेर जिस्काइयो - जन्ते ढुंगा

चिनियाँ नागरिकलाई बेलायतमा ‘कोरोना भाइरस’ भनेर जिस्काइयो

लन्डन, बेलायतमा बस्दै आएका चिनियाँ नागरिकहरुले आफूहरुमाथि नश्लवादी टिप्पणी भएको बताएका छन्। बेलायती नागरिकहरुले आफूहरुमाथि जातीय हिसाबमा दुव्र्यवहार गरेको चिनियाँहरुले बताएका हुन्। बेलायतका विभिन्न स्थानमा चिनियाँहरु विद्यार्थीको रुपमा व्यापारीको रुपमा बस्दै आएका छन्। बाटोमा हिँड्दा स्थानीयले ‘कोरोनाभाइरस’ भनेर जिस्काएको चिनियाँहरुको भनाइ छ। बर्मिङघाममा बस्दै आएका चीनका समुदायलाई फेसबुकमा धेरै जातीय दुव्र्यवहारयुक्त म्यासेजहरु आएको स्काइ न्युजले जनाएको छ।

तीमध्ये फेसबुकको एक म्यासेज यस्तो छः ‘घृणित, बर्बर पशु क्रूरता जुन तिमीहरुले गरेका छौं। तिमीहरु भाइरस पाउनको लागि योग्य छौं।’ खान हुने, खान नहुने सबै किसिमका पशु खाएका कारण चीनमा भाइरस फैलिएको म्यासेजहरुमा बताइएको छ।कार्डिफा मा बस्दै आएको चिनियाँ विद्यार्थी रोबिन झाङ स्काई न्युजसँग भन्छन्,‘म कलेज जाँदै थिए। चार जनाले म र मेरी साथीलाई ‘के छ कोरोनाभाइरस’ भनेर जिस्काए।’ झाङकी साथी लुसी झु पनि भन्छिन्,‘मलाई धेरै दुख लाग्यो। मलाई लाग्छ कोरोनाभाइरस चिनियाँको मात्र समस्या होइन।

विश्वका सबै मानिसहरु एक भएर यस प्रकोपविरुद्ध लड्नुपर्छ।’ उनीहरुको व्यवहारका कारण आफूहरुले बेलायतमा असुरक्षित महसुस गरेको लुसी र झाङको भनाइ छ। कार्डिफमा बस्दै आएकी सरा तान एकदिन सेन्ट मेरी स्ट्रिटमा हिँडिरहेकी थिइन्। सरा कोरोनाको उद्गमस्थल मानिएको चीनको हुवान शहरकी बासिन्दा हुन्। बुबाआमाले बेलायतमा पनि मास्क लगाएर हिँड्न सल्लाह दिएका कारण उनी मास्क लगाएर हिँडिरहेकी थिइन्। तर कसैले ‘हेल्लो कोरोनाभाइरस’ भनेर जिस्काउँदा आफू अत्यन्त दुखित भएको सरा बताउँछिन्।

दुव्र्यवहारको घटना बढेपछि कार्डिफ विश्वविद्यालयले चिनियाँ विद्यार्थीलाई कसैले विश्वविद्यालय परिसरमा कोरोनाभाइरससँग जोडेर जिस्काए विश्वविद्यालयको प्रशासनलाई तुरुन्त खबर गर्न सूचना जारी गरेको छ। आफूहरुले त्यस्ता विद्यार्थीलाई कारवाही गर्ने विश्वविद्यालयले बताएको छ। तथ्यांकअनुसार बेलायतमा ८ लाख चिनियाँहरु बस्छन्। कोरोनासँग सम्बन्धित दुव्र्यवहार न्युक्याश्चल, योर्क, म्यानचेस्टर लगायतका विभिन्न शहरमा भएको बताइएको छ। बेलायतका लागि चिनियाँ राजदूत लिउ साओमिङले पनि चिनियाँ नागरिकमाथि दुव्र्यवहार भएको बताएका छन्।

आफूहरुले यस विषयमा प्रहरीलाई खबर गरेको साओमिङले स्काइ न्युजसँग बताए। चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरस देखिएको थियो। २५ भन्दा बढी शहरमा फैलिएको यस भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिद–१९ नाम दिएको छ। बिहीबारसम्मको तथ्यांकअनुसार यस भाइरसबाट मृत्यु हुनेको संख्या १३ सयभन्दा बढी पुगेको छ। चीनबाहिर २ जनाको मृत्यु भएको छ। यसको संक्रमण ६० हजारभन्दा बढीमा देखिएको छ। चीनबाहिर ५ सयको हाराहारीमा संक्रमित छन्। कोरोनाको खतरा मध्यनजर गर्दै डब्लुएचओले स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको छ।

विश्व एक भएर यस भाइरसविरुद्ध लड्नुपर्ने डब्लुएचओको भनाइ छ। डब्लुएचओले यसअघि सामाजिक सन्जालमा कोरोनाको विषयलाई लिएर मेम नबनाउन, कसैमाथि दुव्र्यवहार नगर्न तथा हासोको विषय नबनाउन आग्रह गरेको थियो। यसबीचमा बेलायतमा चिनियाँहरु कोरोनाको विषयलाई लिएर दुव्र्यबहार खेप्न बाध्य बनेका छन्।

चीनबाट १ सय ८० विद्यार्थी शनिवार नेपाल आउने खबरले भक्तपुरका स्थानीयले घर छाडे

काठमाडौं ,चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्न शनिवार दिउँसो २ ः४५ बजे नेपाल एयरलाइन्सको वाइड बडी जहाज चीनको वुहान जाने भएको छ ।३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चार जना चिकित्सक रहने छन् ।वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । विमानस्थलमा अवतरण गरेपछि ती विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ ।खरीपाटी स्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ती विद्यार्थीलाई १४ दिनसम्म राखिने भएको छ ।

ती विद्यार्थीको विभिन्न परीक्षण गरिने भएको छ भने १४ देखी १७ दिनसम्म उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने छ । १८० विद्यार्थीका लागि ६० कोठा तयारी अवस्थामा राखिएको छ भने ती विद्यार्थीका कुनै पनि अभिभावकले १४ दिनसम्म उनीहरूलाई भेट्न पाउने छैनन् ।स्वास्थ्य उपचारसँगै खानाको व्यवस्था पनि सरकारले गर्ने भएको छ भने चौबिसै घण्टा स्वास्थ्य कर्मी निगरानीमा हुनेछन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर राखेको छ । खरीपाटीका लागि ८६ जना चिकित्सक खटाइने भएको छ ।चीनको बुहानवाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ३०० को मृत्यु भैसकेको छ ।

बिहीबार मात्रै चीनको हुबेइ प्रान्तको बुहानमा २४२ जनाको मृत्यु भएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । एकै दिन २४२ जनाको मृ’त्यु अहिलेसम्मकै धेरै हो ।बुहानमा मात्र १४ हजार ८ सयमा यसको सङ्क्रमण फैलिएको बताईको छ । नेपालमा चीन वाट फर्किएका २० जनामा कोरो ना जाँच गरिएकोमा १ जनामा सङ्क्रमण देखिएको थियो भने १९ जनाको रिपोर्ट ने’गेटिभ आएको थियो । तर चीनबाट नेपाल आउने ती विद्याथीलाई राख्न सरकारले निर्धारणको गरेको भक्तपुरको परिपाटीस्थित दुई भवन आसपासका स्थानीयलाई भने चिन्तामा छन् ।

सरकारले खाली गरेका नेपाल विद्युत् प्राधिकरणका दुई भवन आसपासका उनीहरू कोरो ना सङ्क्रमणको त्रासले चिन्तित बनेका हुन । विश्वभर प्रकोपका रूपमा फैलिएको र खास गरि यसको उदगम स्थल जहाँ सबैभन्दा बढी प्रकोप फैलिएको छ सोही स्थानबाट आउने व्यक्तिका कारण आफूहरू समेत सङ्क्रमित हुने त्रासले अहिले केहीले त घरै छाडेर हिँड्न बाध्य छन् । सरकारले गरेको यो निर्णयको वि’रोध स्वरूप विभिन्न कार्यक्रम गरेका उनीहरू अहिले गलेका छन् । आफूहरूको वि’रोध सरकारले नसुन्ने अवस्था देखेपछि खरिपाटीका स्थानीय अहिले आफैले थातथलो छाडेर हिँड्ने निर्णयमा पुगेका हुन ।

तामाखानीको जंगलमा भिषण आगलागी १

तामाखानी स् सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ मा रहेको जंगलमा आगलागि भएको छ । विहीबार विहान साढे ११ बजेको समयमा तामाखानिको बनवारी र धाप डाँडा बनमा आगलागि भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।आगलागिको कारण भने थाहा नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिनुभयो ।आगो स्थानिय, प्रहरी, सशस्त्र र नेपाली सेनाको प्रयासमा नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । यता वडा अध्यक्ष गोपाल मगरले भने आगो नियन्त्रणमा सेना र प्रहरीले सहयोग नगरेको गुनासो गर्नु भयो ।

आपूmहरु विहानै देखि नियन्त्रणमा रहेको भए पनि सुरक्षाकर्मीहरु आगोलागेको स्थानमा नआएको उहाँको गुनासो छ । विहीबार साझ सम्म पनि करिब १५ जना स्थानियले आगो नियन्त्रण गर्ने काम गरिरहेको भन्दै अध्यक्ष मगरले मुडा तथा सोतरमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको मगरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *