पूर्ण साक्षर घोषणा गर्ने अभियानमा लाग्न आवश्यक स् मन्त्री गिरिराजमणि पोख्रेल - जन्ते ढुंगा

पूर्ण साक्षर घोषणा गर्ने अभियानमा लाग्न आवश्यक स् मन्त्री गिरिराजमणि पोख्रेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अब स्थानीय सरकार पूर्ण साक्षर घोषणा गर्ने अभियानमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरी देउराली गाउँपालिका–५ ढाँडखर्कमा आयोजित साक्षर गाउँपालिका घोषणा कार्यक्रममा मन्त्री पोख्रेलले मुलुक डिजिटल साक्षरतर्फ अगाडि बढिरहेको बेला अब गाउँ÷नगरपालिका साक्षर मात्रै घोषणा गरेर समृद्ध नेपाल निर्माण नहुने बताउनुभयो ।

गाउँपालिकालाई ९६ दशमलब ८३ प्रतिशत साक्षर भएको भन्दै उहाँले साक्षर घोषणा गर्नुभएको हो । सो क्रममा बाँकी रहेका ३ दशमलब १७ प्रतिशत नागरिकलाई खोजीखोजी साक्षर बनाउन गाउँपालिकालाई उहाँले आग्रह गर्नुभयो ।

“बाँकी सूचकभित्र नपरेकालाई खोजी–खोजी साक्षर बनाउन अभियान सञ्चालन गर्न लाग्नुपर्छ”, मन्त्री पोख्रेलले भन्नुभयो,“साक्षरताको अभियानलाई जीवनपर्यन्त शिक्षासँग जोड्ने र शिक्षालाई सीपसँग जोड्ने कार्यमा निरन्तर लाग्न आवश्यक छ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । कगदकअचष्दभ मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल ९घण्टि० मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँले अब तीन ऐन ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै सबै नेपालीहरुलाई सीप सिकाउनका लागि प्राविधिक र व्यावसायिक शिक्षा नीति ल्याउन लागिएको बताउनुभयो ।

सो क्रममा मन्त्री पोख्रेलले अहिलेसम्ममा ५१ जिल्लालाई साक्षर घोषणा गरिसकेको र नेपालको साक्षरता ८२ प्रतिशत पुगेको बताउँदै आउने वर्षसम्ममा नेपाललाई साक्षर घोषणा गर्दै शिक्षित नेपाल बनाउने दिशामा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताउनुभयो । उहाँले विद्यालय हाताभित्रका बालबालिका बाहिर नरहून् भन्नाका लागि घरधुरी सर्वेक्षण गरेर सो अभियानमा लाग्न आग्रह गर्नुभयो । विद्यालय तहको कक्षा १२ सम्मको जिम्मा स्थानीय तहलाई दिइएकाले दृष्टिकोण बनाउँदै संरचना निर्माण गरी आयस्तर वृद्धि गर्ने काममा लाग्न आवश्यक रहेको मन्त्री पोख्रेलले बताउनुभयो ।

त्यस क्रममा शिक्षकहरुको परिचय कुन ट्रेड युनियनको कुन तहमा भन्दा पनि गुणस्तरीय शिक्षा कतिको प्रदान गर्न सकियो भन्नेतर्फबाट परिचित हुन जरुरी रहेको बताउनुभयो । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मानव जनशक्ति तयार गर्ने माध्यम भएकाले अनिवार्य तथा सङ्घीय संसद्बाट निःशुल्क शिक्षा ऐन बनाइसकेको र त्यसको कार्यान्वयन गर्ने चरणमा रहेको उल्लेख गर्नुभयो ।

आगामी विसं २०८५ सालसम्ममा आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारको सुविधा पनि प्राप्त नगर्ने र बैंकमा खातासमेत खोल्न नपाउने भएकाले स्थानीय सरकार पूर्ण साक्षर अभियानसँगै त्यसलाई निरन्तरता दिँदै सीपसँग जोडेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दीननाथ गौतमले गाउँपालिकाभित्र रहेका ५९ विद्यालय आवश्यकताका आधारमा गाभेर ३८ वटा मात्रै सञ्चालन गरिने बताउनुभयो । युनेस्कोले बनाएको मापदण्डका आधारमा ९५ प्रतिशत साक्षर भएका स्थानीय तहले साक्षर घोषणा गर्न पाउने नीतिअनुरुप ती गाउँपालिका साक्षर घोषणा गरिएको हो ।

जापानमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गयो

काठमाण्डौ – जापानमा ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गएको छ । कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बताइएको छ । गएको जनावरीमा ती महिला बि’रामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्को अस्पतालमा स्थान्तरण गरिएको थियो ।

दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको सङ्क्रमण देखिएको बताइएको छ, सङ्क्रमितमध्ये एक जना राजधानी टोक्योका हुन् । यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने आशङ्का बढेको छ । केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ । जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ । जापानमा अहिलेसम्म दुई सय ५१ वटा कोरोना सङ्क्रमणको घटना सार्वजनिक भएको छ ।

योसँगै चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गइसकेको छ । यसैबीच कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ६० हजारभन्दा बढी छ । चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *