असारसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने घो’षणा - जन्ते ढुंगा

असारसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने घो’षणा

काठमाडौं, सरकारले अबको चार महिनासम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउने घो’षणा गरेको छ ।खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजनाबारे स्वे’तपत्र जारी गर्दै असारसम्ममा मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ प’रीक्षण र सञ्चालन गर्ने घो’षणा गर्नुभएको हो ।स्वे’तपत्रमा सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आ’योजना असारभित्रै सक्ने लक्ष्य छ । बाँ’ध सक्नका लागि केही समय लागेपनि वै’कल्पिक बाँ’धबाट असार मसान्तसम्ममा पानी झा’र्ने सरकारको योजना छ ।

इटालीको सीएमसीले काम छाडेर भागेपछि आयोजना अ’लपत्र बनेको थियो । आयोजनाको बाँकी काम एक वर्षभित्र सक्नेगरी चीनको सिनो हाइड्रोसँग स’म्झौता गरेको थियो ।आयोजनाले काम समयमा भए नभएको बारे मन्त्रालय र समितिले अ’नुगमन गरिरहेको जानकारी दिएको छ । हालसम्म २७ अर्ब ९४ करोड खर्च भएर ९४ प्रतिशत भौतिक काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।काठमाडौं उपत्यकाबासीको मुख्य चा’सोको विषय रहेको मेलम्ची खानेपानी आ’योजनाले धेरैलाई नि’राश बनाएकोमा अब भने त्यो नि’रासा आशामा ब’दलिन लागेको मन्त्री मगरले बताइन।

‘मेलम्ची अब आशामा ब’दलिँदैछ,’ उनले भनिन्, ‘सम्झौता अ’वधि अगावै असार मसान्तसम्ममा पानी ल्याउने गरी काम भइरहेको छ।’अहिले काठमाडौंबासीले २ प्रतिशत मात्र प्र’शोधित पानी पिउन पाइरहेकोमा मेलम्ची आएपछि त्यो स्वतः बढ्ने मन्त्री मगरको भनाइ छ। ०७५ मंसिर २९ मा इटालियन कम्पनी सिएमसीले आ’योजना छो’डेपछि ११ महिना अ’लपत्र परेको आयोजनाको काम गत कात्तिकबाट सुरू भएको थियो।

पूर्ण साक्षर घोषणा गर्ने अभियानमा लाग्न आवश्यक स् मन्त्री गिरिराजमणि पोख्रेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अब स्थानीय सरकार पूर्ण साक्षर घोषणा गर्ने अभियानमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरी देउराली गाउँपालिका–५ ढाँडखर्कमा आयोजित साक्षर गाउँपालिका घोषणा कार्यक्रममा मन्त्री पोख्रेलले मुलुक डिजिटल साक्षरतर्फ अगाडि बढिरहेको बेला अब गाउँ÷नगरपालिका साक्षर मात्रै घोषणा गरेर समृद्ध नेपाल निर्माण नहुने बताउनुभयो ।

गाउँपालिकालाई ९६ दशमलब ८३ प्रतिशत साक्षर भएको भन्दै उहाँले साक्षर घोषणा गर्नुभएको हो । सो क्रममा बाँकी रहेका ३ दशमलब १७ प्रतिशत नागरिकलाई खोजीखोजी साक्षर बनाउन गाउँपालिकालाई उहाँले आग्रह गर्नुभयो ।

“बाँकी सूचकभित्र नपरेकालाई खोजी–खोजी साक्षर बनाउन अभियान सञ्चालन गर्न लाग्नुपर्छ”, मन्त्री पोख्रेलले भन्नुभयो,“साक्षरताको अभियानलाई जीवनपर्यन्त शिक्षासँग जोड्ने र शिक्षालाई सीपसँग जोड्ने कार्यमा निरन्तर लाग्न आवश्यक छ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । कगदकअचष्दभ मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल ९घण्टि० मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँले अब तीन ऐन ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै सबै नेपालीहरुलाई सीप सिकाउनका लागि प्राविधिक र व्यावसायिक शिक्षा नीति ल्याउन लागिएको बताउनुभयो ।

सो क्रममा मन्त्री पोख्रेलले अहिलेसम्ममा ५१ जिल्लालाई साक्षर घोषणा गरिसकेको र नेपालको साक्षरता ८२ प्रतिशत पुगेको बताउँदै आउने वर्षसम्ममा नेपाललाई साक्षर घोषणा गर्दै शिक्षित नेपाल बनाउने दिशामा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताउनुभयो । उहाँले विद्यालय हाताभित्रका बालबालिका बाहिर नरहून् भन्नाका लागि घरधुरी सर्वेक्षण गरेर सो अभियानमा लाग्न आग्रह गर्नुभयो । विद्यालय तहको कक्षा १२ सम्मको जिम्मा स्थानीय तहलाई दिइएकाले दृष्टिकोण बनाउँदै संरचना निर्माण गरी आयस्तर वृद्धि गर्ने काममा लाग्न आवश्यक रहेको मन्त्री पोख्रेलले बताउनुभयो ।

त्यस क्रममा शिक्षकहरुको परिचय कुन ट्रेड युनियनको कुन तहमा भन्दा पनि गुणस्तरीय शिक्षा कतिको प्रदान गर्न सकियो भन्नेतर्फबाट परिचित हुन जरुरी रहेको बताउनुभयो । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मानव जनशक्ति तयार गर्ने माध्यम भएकाले अनिवार्य तथा सङ्घीय संसद्बाट निःशुल्क शिक्षा ऐन बनाइसकेको र त्यसको कार्यान्वयन गर्ने चरणमा रहेको उल्लेख गर्नुभयो ।

आगामी विसं २०८५ सालसम्ममा आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारको सुविधा पनि प्राप्त नगर्ने र बैंकमा खातासमेत खोल्न नपाउने भएकाले स्थानीय सरकार पूर्ण साक्षर अभियानसँगै त्यसलाई निरन्तरता दिँदै सीपसँग जोडेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दीननाथ गौतमले गाउँपालिकाभित्र रहेका ५९ विद्यालय आवश्यकताका आधारमा गाभेर ३८ वटा मात्रै सञ्चालन गरिने बताउनुभयो । युनेस्कोले बनाएको मापदण्डका आधारमा ९५ प्रतिशत साक्षर भएका स्थानीय तहले साक्षर घोषणा गर्न पाउने नीतिअनुरुप ती गाउँपालिका साक्षर घोषणा गरिएको हो ।

जापानमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गयो

काठमाण्डौ – जापानमा ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गएको छ । कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बताइएको छ । गएको जनावरीमा ती महिला बि’रामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्को अस्पतालमा स्थान्तरण गरिएको थियो ।

दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको सङ्क्रमण देखिएको बताइएको छ, सङ्क्रमितमध्ये एक जना राजधानी टोक्योका हुन् । यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने आशङ्का बढेको छ । केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ । जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ । जापानमा अहिलेसम्म दुई सय ५१ वटा कोरोना सङ्क्रमणको घटना सार्वजनिक भएको छ ।

योसँगै चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गइसकेको छ । यसैबीच कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ६० हजारभन्दा बढी छ । चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *