सवारी चालकलाई सडकमै उठबस गर्न लगाउने ट्राफिक प्रहरीलाई बग्गिखाना बोलाइयो - जन्ते ढुंगा

सवारी चालकलाई सडकमै उठबस गर्न लगाउने ट्राफिक प्रहरीलाई बग्गिखाना बोलाइयो

काठमाडौं। सवारी चालकलाई सडकमै उठबस गराउन लगाएकी ट्राफिक प्रहरी महिलालाई महानगरीय ट्राफिक महाशाखाले पहिचान गरेर बग्गिखाना बोलाएको छ। आज बिहान टिकटकमा सार्वजनिक भएको त्यससम्बन्धी भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि महाशाखाले मातहतका ट्राफिक प्रहरी ईकाइहरुलाई सोधखोज गरेर ती महिलाको पहिचान गरेको हो। भिडिओमा देखिएको पृष्ठभूमिका आधारमा त्यो ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिल्तिरको भएको महाशाखाले जनाएको छ।

भिडिओ र त्यसबा प्रकाशित समाचारले आफ्नो ध्यानाकर्षण गराएको र तत्काल सोधीखोजी गरेको महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीमप्रसाद ढकालले बताए। ढकालले भने, “भिडिओ एअरपोर्ट नजिकैको रहेछ, हामीले ती महिला प्रहरीलाई बोलाइसकेका छौं, अब थप अनुसन्धान हुन्छ ।” आज विहान तस्मिना आचार्यले आफ्नो टिकटक अकाउण्टमा सवारी चालकलाई महिला प्रहरीले उठबस गराइरहेको २० सेकेण्डको भिडिओ पोस्ट गरेकी थिइन् । भिडिओ हेरेर केहीले प्रहरीले कानून हातमा लिएको टिप्पणी गरे पनि धेरैजसोले भने ती ट्राफिक प्रहरी महिलालाई ‘गुड जब’ भनेर प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *