फेसबुक ग्रुप पुर्वेली ठिटाठिटी द्धारा “न्यानो माया ❤️” सामाजिक अभियान - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

फेसबुक ग्रुप पुर्वेली ठिटाठिटी द्धारा “न्यानो माया ❤️” सामाजिक अभियान

यस पुर्वेली ठिटाठिटी फेसबुक ग्रुपले “प्रेमदिवस” 14 February “Valentine Day” को दिन अवसर पारेर धनकुटा मुलघाट स्थित बिश्रान्ति मन्दिर परिसरमा अबस्थित बृद्धआश्रममा रहनु हुने लगभग ५१ जना (२४ पुरुष/ २७ महिला) आमा बुवाहरुको लागी खाधान्न (चामल,तेल,दाल साथमा
साबुन),फलफुल,बिस्कुट,जुस जस्ता सामग्रीहरु प्रदान गराउनु को साथै मायाको चिनो (जनहि १/१ थान पछ्यौरी )साथमा दक्षिणा स्वरुप प्रत्येक जनालाइ (जनहि १०० रुपैयाको) दरले सहयोग प्रदान गरेका
छन् ।
“हाम्रो न्यानो माया” भन्ने स्लोगन सहित ज्येष्ठ नागरिकहरुको सम्मान साथै मायाको लागी प्रेमदिवसका दिन खुशिका तरंगहरु ति मलिन अनुहारहरुमा परिबर्तन भएको हेर्ने चाहना राखी सामाजिक संजाल पुर्वेली ठिटाठिटी👫फेसबुक ग्रुप मार्फत सामाजिक अभियान गरेका थिेए।
यस अभियान संगै जोडेर त्यहि दिन धनकुटा-७ अवस्थित श्री त्रिवेणी उच्च माध्यमिक बिधालयमा रहेको Day Care center मा रहेका
“मस्तिष्क पक्षपात पिडित” बालबालिकाहरुको लागी पनि उनिहरुको केही समयको लागी खाना,खाजा हरुको ब्यबस्थ्या होस् भन्ने उदेश्यले नगद अक्षरेपी रु: १५००० (पन्ध्र हजार) साथै उनिहरुको बिधालय पोशाक को लागी नगद रु:५,००० (पाॅंच हजार) पनि त्यस डे केयर सेन्टरको ब्यबस्थ्यापनको प्रतिनिधि ज्युहरुलाइ ग्रुपको एडमिन सिेएरा लिम्बु,सिंहराज नाल्बो साथमा मेम्बरहरु लक्ष्मि राइ,संतोषि राइ,सन्तोष् घिसिंग द्धारा हस्तान्तरण गरिएको छ! यस अभियानलाइ सफल बनाउन बिभिन्न फरक देशमा रहनु हुने ग्रुप एडमिनहरु तुलसी खड्का,बिपिन पंगेन्हांग,अनिल थापा, एलबि आले मगर, सोनु मगर, ममता मगर,केनेन लामा,भेषराज घिमिरे,प्रिति पाहिम ले सक्दो आफ्नो ठाउॅंबाट साथ दिनु भएको थियो।
ग्रुपको एडमिन आशिष पंगेन्हाग ले
“यस अभियानलाइ प्रत्यक्ष अप्रत्क्षरुपमा सहयोग र साथ दिनु हुने सम्पुर्ण मेम्बरहरुको साथ र सहयोगको उच्च प्रंससा गर्दै। यस ग्रुपमा आवद्ध सहयोगी भावना,मन भएका मेम्बरहरुले गर्दा नै यो अभियान आज सफल भएको अनि आउॅंदा दिनहरुमा पनि साथ सहयोग हौसला र माया प्रदान गरिरहनु होला भन्दै ग्रुपको एडमिन प्यानलबाट हार्दिक आभार प्रकट गर्नुका साथै धेरै धेरै धन्यबाद ज्ञापन गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *