विज्ञान काष्ठकला प्रदर्शनी - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

विज्ञान काष्ठकला प्रदर्शनी

सन्तोश पौडेल ,फाल्गुन ५ खोटाङ । प्रथम खोटाङ दिक्तेल महोत्सवको अबसरमा स्थानिय दिपक राईले विज्ञान काष्ठकलाको प्रदर्शनी गरेका छन । विज्ञान संग आधारित हस्तकला बैज्ञानिक तवरले अध्यान गरि बनाइएका काष्ठकला राइले महोत्सवमा प्रदर्शनी गरेका हुन । आर्थिक भौतिक नैतिक सहयोग गरौ ,विज्ञान प्रविधिमा जोड गरौ भन्ने मुल उदेश्यले काष्ठकला बाट बनाईएका विभिन्न किसिमका सामाग्रीहरु काठको एराउण्ड टेबल भित्र देखाईएका त्रीभुजमा नेपाललाई प्रमाणिकरण गरिएको छ । जसमा डिप्स समूह ,कृषि यान्त्रीकरण ,मोटरबाईक ,ह्याबिङ सेटअप ,हवाईजहाज ,नेपालको नक्सा ,हेलिकप्टर ,अपाङ्गता अभियान काष्ठकलाको निर्माण गरेका छन ।

राईको विज्ञान काष्ठकला तस्विर :// सन्तोश पौडेल

यसको नामाकरण सुन्दर नेपाल प्रबिधि त्रीकोणिय आकारमा नेपालको नक्सा बनाईएको छ ,साथै यसलाई गणितीय भाषामा प्रमाणिकरण गर्दै , नेपाल प्रविधी बिकासको आर्थिक उन्नति प्रगती होस बेरोजगारी रोजगारमुलक बनाउने उदेश्य राखी सौलियत मुल्यमा सर्बसाधारणले प्रयोग गर्न पाउने सुविधा सहित उत्त काष्ठकलाको निर्माण गरेका हुन ।
गत बर्ष विद्युुुतिय कृषि प्रविधी अनतर्गत पर्ने पुष्प खेती ,माच्छा पालन प्रविधि ,ठेकी चदारो मेसिन विभिन्न आकर्षक प्रविधि नयाँ आबिष्कार गरि कृषि प्रदर्शनि मेलामा देखाएका थिए ।
राईको विज्ञान काष्ठकला अहिले सम्मकै आम जनताका लागी मनपर्दो काष्ठकला बन्न पुगेको छ ।
फाल्गुन २ देखि सुरु गरिएको महोत्सवमा राईले आफ्नो विज्ञान काष्ठकला प्रदर्शनि गर्न पाउँदा खुसी ब्याक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *