रमेशराज भट्टराईको बबाल प्रस्तुति - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

रमेशराज भट्टराईको बबाल प्रस्तुति

सन्तोश पौडेल फाल्गुन ६ खोटाङ । नेपाली लोक ,आधुनिक तथा पबगीत चर्चित अनि लोक प्रीय गायक रमेशराज भट्टराई जब मंचमा उक्लिए तब धेरै दर्शकले हुटिङ्ग लगाउन थाले ।
गायक भट्टराईले आफ्ना चर्चित गीतहरु बबाल भो – बबाल भो , बेहुला बनाउछु भन्थी बहुला बनाएर गई , मेरि नथियावाली ,मैले उनको सामु लगायतका गितहरु प्रस्तुत गर्दा दर्शकहरुले हुटिङ्ग र तालीले साथ दिएका थिए । कार्यक्रममा उपस्थित मंचमा बसेका सबै दर्शकलाइ नचाएका थिए ।
प्रथम खोटाङ दिक्तेल महोत्सवमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । आगामी फाल्गुन १२ गतेसम्म हुने महोत्सवमा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको उद्योग बाणिज्य संघ खोटाङले बताएको छ ।
प्रथम खोटाङ दिक्तेल महोत्सवको अबसरमा कार्यक्रम हेर्न आएका दर्शकहरुले गायक भट्टराईको मन जित्न सफल भएका छन ।
भट्टराईले अन्तिम प्रहरसम्म पनि बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई गाए धेरै दर्शकको नजर हुटिङ्ग फेरि उनी माथी खनियो । गीतको सबै अंश गाउदै जाँदा दर्शकले साथ भने उत्तिकै दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *