कार्यक्रताले रुचाएका नेता उपेन्द्र - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

कार्यक्रताले रुचाएका नेता उपेन्द्र

संगम बिष्ट / चतरा
सुनसरी क्षेत्र नं ४ निर्वाचन क्षेत्रमा यतिबेला कांग्रेसको राजनितीमा उपेन्द्र दाइ उफ् उपेन्द्र बहादुर कट्वालको नाम शिर्ष स्थानमा आउछ । यति बेला उनी गाऊंका प्रिय नेता उपेन्द्र दाईको रुपमा ख्याति प्राप्त छन् । इमान्दार र कार्यक्रतालाइ माया गर्ने नेताको रुपमा प्रिय बनेका उपेन्द्र क्षेत्र नं ४ प्रदेश सभा क समितिका सभापति हुन् । हाल वराहक्षेत्र नगरपालिका वडा नं ९ वाट क्रियाशिल भएर कांग्रेसको राजनितीबाट समाजसेवा गरिरहेका उपेन्द्र वराहक्षेत्रमा हारको मानसिकता बाट ग्रसित कार्यक्रतालाई उर्जाबान बनाउन सक्रिय छन् ।
तत्कालिन वक्लौरी गाबिसमा २०२७ असार १३ गते दिलबहादुर कट्वालका दुईवटा श्रीमति मध्य जेठि श्रीमति रामदेवि कट्वालका एक मात्र सन्तानका रुपमा उपेन्द्रको जन्म भएको थियो ।तत्कालीन माध्यमिक तह सम्मको शिक्षा गाऊकै स्थानिय बिद्यालयबाट लिएर उपेन्द्र उच्च शिक्षा लिनकालागि काठमाडौ हौमिएका थिए। २०४६ सालमा काठमाडौको आर आर क्यापसबाट नेपाल बिद्यार्थी संघ सदस्य हुदै नेपाली कांग्रेसको राजनितिमा प्रवेश गरेका उपेन्द्र ४६ सालको जन आन्दोलनमा सक्रिय रुपमा सहभागी हुँदै परिवर्तनको पक्षमा सडकमा रहेका गणेमान सिह , गिरिजाप्रसाद कोइरला, सुशील कोइसला , सेरबहादुर देउवा लगाएको नेताको आज्ञापालक सिपाईको रुपमा सरिक भएका थिए । २०४६ सालबाट नेवि संघ प्रवेश गरी औपचारिक रुपमा काँग्रेसको राजनिति शुरु गरेका तीनै उपेन्द्र हाल काँग्रेसी कार्यक्रताहरु माझ वराहक्षेत्रका गाऊ गाऊका बस्तिहरुमा प्रिय नेताको रुपमा चकिएका छन् ।

काठमाडौको बिद्यार्थी राजनितिबाट फर्किए गाऊ फर्केका उपेन्द्र २०४९ सालमा नेबिसंघ बक्लौरी गाबिसको सचिबबाट गाऊ तहको राजनितिमा प्रवेश गरे । पछि २०५५ सालमा बक्लौरी माऊ पार्टी नेपाली कांग्रेसको गाऊ इकाई सचिब हुँदै ११ अौ महादिवेशनमा निर्वाचित सुनसरी जिल्ला सदस्य , १२ अौ महासिवेशमा बक्लौरी गाबिसको पार्टी सभापती र १३ अौ महासिवेशबाट तत्कालीन क्षेत्र नं ६ को सभापतिमा सर्व सम्बत चयन भए भने हाल ऊनि नेपाली कांग्रेसको समायोजबाट क्षेत्र नं ४ को उप-सभापति र प्रदेश सभा क को सभापति रुपमा संगढनलाई सुदृढीकरणमा लागि परेका छन् ।
युवा उमेरका नेताहरुकालाहि भरौसा र बुदहरुकालागि आशको दियोको रुपमा रहेका उपेन्द्र कांग्रेसका संस्थापक नेता बिपि कोइरलाको जीवन दर्शन बाट प्रभाबित भएर कांग्रेसमा क्रियासिल भएको बताउछन् ।देशको भविष्य युवाको हातमा रहेका संकल्प गरेर सकारात्मक सोचका साथ अघि बढेका उपेन्द्र नेपाली काँग्रेसका नेताको रुपमा वराहक्षेत्रको सिलपाखा देखि हरिनगरा, देबानगज, कप्तानगञ्चसम्मा काग्रेसीहरुलाइ एउटै चारतारे झण्डा मुनि लगाएर सहमति , सहकार्य र एकताको रुपमा संगढन गरि अगाडि बढ्ने लक्ष्यमा आफु रहेको बताउछन् ।यस्तै कार्यक्रतासंग रमाउने उनको शैलीले गर्दा पाटी भित्रका कार्यकर्ता माझ पनि उनको क्रेज लोभलाग्दो रहेछ ।
मिलनशार भावनाका रहेका संगढनलाई माया गर्ने विषयवस्तु माथिको गहिरो दख्खल ,राजनितिमा प्रभावशाली र स्पष्ट वक्ता तथा सबै तह र तप्काका व्यक्तिहरु सँगको सुमधुर सम्बन्धकै कारण उनले राजनितिक जिवनमा पछाडी फर्किएर कहिल्यै हेर्नु परेको छैन । नेवि संघबाट उदाएका उपेन्द्र काँग्रेसको युवा दस्ता नेपाल तरुण, महिला संघ, नबिसंघ अन्य संघ भातृसंस्थालाइ मजबुत बनाएर संगठन गर्न हिँडु पर्नेमा उनी जोड दिन्छन् ।

लोकतान्त्रिक मुल्य मान्यता, विधिको शासन र कानुनी राज्यमा पुर्ण प्रतिबद्ध रहने उनी कार्यक्रता शक्तिशाली भए मात्र नेता शक्ति सम्पन हुने तर्फ राख्छन् ।राजनिति विग्रिए देश र समाज पनि बन्न नसक्ने चिन्तन राख्ने युवालाई राजनितिमा सहभागी हुँदै सभ्य, समुन्नत एवं सम्बृद्ध समाज एवं राष्ट्र निर्माण गर्ने महान अभियानमा सदैव प्रेरित उपेन्द्र गरिरहन्छन् । प्रजातन्त्र, समाजवाद र नागरिकका मौलिक हक अधिकारलाई आर्दश मान्ने उपेन्द्र कांग्रेस नभएको भए शान्तिको कल्पना समेत गर्न नसक्किने तर्क उपेन्द्रको रहेको छ ।
बिद्यार्थी नेताको राजनितिक यात्रा पछि नेपाली काँग्रेस सुनसरी सदस्य बनेका उनी सामुहिक पहल र सरल नेतित्वबाट मात्र कांग्रेस बलियो हुनेमा उपेन्द्र बिस्बत छन् ।
पाटीको मजबुद संगठनको लागि अहोरात्र खटी आफ्नो राजनितिक जिवनमा अनेक आरोह अवरोह खेपेका उपेन्द्र रत्तिभर विचलित नभई प्रजातान्त्रिक मुल्य र मान्यतालाई आत्मसात गर्दै जननायक बि.पी कोईरालाको पथलाई पछ्याउदै आई रहेका छन् । भने कांग्रेसको राजनितिबाट कहिले बिचलित नहुने उनको द्रिढता रहेको छ ।

कांग्रेसको अधिवेशन आए गाऊ आउने , चुनाबमा टिकटको दाबि गर्ने , शिर्ष नेताहरुसंग ब्यक्तिगत सम्बन्धलाई गलत प्रयोग गरेर गाऊको बस्तुस्थिति नबुझि टिकट ल्याउने कुराको बिरोध गर्ने उनि राजनिति, सेवा र गाऊमै बसेर संगढन गरेका नेताहरुले टिकट पाउनु पर्ने उनलो बुझाइ छ भने टिकटकै लागि राजनिति गर्ने मानिस कांग्रेस भित्रै काठो भन्ने भएकाले यसलाई कार्यकताले बिझ्न नदिई पछाउनु पर्ने बताउछन् ।
नबिराउनु नडाराउनु भन्ने भनाईलाई चरितार्थ गर्दै निर्दोष रहेका उनले आफु प्रति रुष्ठ रहेका मानिसहरुबाटै थक नया कुरा सिक्ने प्रेरणा पाइरहेको उपेन्द्रको बुझाई छ ।
उपेन्द्रको उकालो गतिको राजनितिक भविष्य प्रभावशाली व्यक्तित्व, र उच्च सामाजिक छवीलाई धुमिलो बनाउन पर्दा अघि र पछि लागेका सबै पात्रहरुलाई उनी आफुले लिने शिक्षाको माध्यम प्रमाणित गरिदिएका छन् । आफु सत्य र निष्ठाको मार्गमा भए आफुबिरुद्धको जस्तासुकै भ्रम,झुठ र षड्यन्त्रलाई पराजित गर्न सकिन्छ तर यसका लागि धैर्यता, दृढ इच्छाशक्ति र उच्च मनोबलको आवश्यकता पर्दछ भन्ने सन्देश समेत उनले दिन सफल भएका छन् ।
एउटा जुझारु, कर्मठ र प्रिय युवा नेताको रुपमा उदाएका उपेन्द्र आज वराहक्षेत्र , कोसी लगाएतका स्थानिय तह मात्र नभई सुनसरी नै सरल र चर्चित्र राजनितिकर्मीका रुपमा परिचित हुँदै गएका छन् ।

राजनितिलाई नितान्त जनता, समाज र देशको सेवा मान्ने उनी काँग्रेसको एउटा नेता मात्र नभइ समाजसेवा र उनको सामाजिक गतिबिधिले उनी सेवक पनि रहेको पुष्टि गर्ने गरेको छ ।
काँग्रेसका तल्लो तहका सबै उमेर र वर्णका कार्यकर्ताले औधी रुचाउने उपेन्द्रको कांग्रेस जनप्रतिको इमान्दार भएकै कारण जनतामाझ लोकप्रिय एवं सर्वाधिक रुचाईएका नेतामा पर्ने गर्दछन् । आफ्नो उर्जाशील युवावस्था काँग्रेस राजनितिमै व्यत्त गरेका उनी हालसम्मका सर्वाधिक लोकप्रिय प्रभावशाली नेताको रुपमा रहेको वराहक्षेत्र आशपासका कार्यक्रताले ब्यख्य गर्न थालेका छन् ।एउटा पुर्णकालिन राजनितिक ब्यक्ति भएका उपेन्द्र हाल सम्म आम निर्वाचनको प्रत्यासी बनेका छैनन् । धेरै पटक टिकटको दाबि गरे पनि अन्तिम चरणमा नपाएको अनुभव रहेको उपेन्द्रको जनता देशको निश्बार्थ भावना लिएर समप्रित हुने, र पार्टीले जे जिम्मेवारी सम्झेर जिम्मा दिन्छ त्यसलाई स्थानिय कार्यक्रताहरुको नै सहयोग लिएर काम गर्ने उनको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *