मनमाँया राई खानिडाँडा विमानस्थलमा परिक्षण उडान सफल - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

मनमाँया राई खानिडाँडा विमानस्थलमा परिक्षण उडान सफल

सन्तोश पौडेल – फाल्गुन १३ खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ४ स्थित मनमाँया राई खानिडाँडा विमानस्थलमा परिक्षण उडान सफल भएको छ ।

भारी बर्षातका कारण पहिरो साथै कालोपत्रे लाई समेत असर गरि २० महिना अगाडि देखि अबरुद्ध भएको बिमानस्थल मंगलबारबाट सुचारु भएको हो ।

विमानस्थलमा नेपाल वायु सेवा निगमले सातामा दुई पटक मंगलबार र शनिबार नियमित उडान भर्ने भएको छ । खानिडाँडा बिराटनगरको पनि उडान भर्न पहल गर्ने उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल नगारिक उड्डयन प्राधिकरणको करिव ५ करोड ४३ लाखको लागतमा गत २०७५ मंसिरमा कान्छाराम निर्माण कम्पनिले जिम्मा लिएको १४ महिना पश्चात् काम सम्पन्न गरि प्राधिकरणलाई जिम्मा लगाएको थियो ।
विमानस्थलको कार्यक्रममा उपस्थित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ , उपप्रमुख गोमा देवि खत्री समन्वय समितिका सदस्य चर्च बिक , प्रदेश सांसद माननीय राम कुमार राई (पासाङ ) विशेष अतिथी प्रदेश सांसद उशाकला राई , नेकपाका नेता राम प्रसाद दंगाल , नेकपाका नगर जिल्ला सचिव गोपाल चन्द्र आचार्य , नगरकार्यपालिकाकी सद्स्य कृष्ण माया परियार ,वडा नं ४ खाल्लेका वडा अध्यक्ष डिल्लि कुमार राई लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *