कांग्रेसले जन्माएका केशव - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

कांग्रेसले जन्माएका केशव

सुबिन बिश्वकर्मार बराहक्षेत्र ।
ञव्यक्तिको हैन बिधिको शासन हुनुपर्छ भन्ने नारा अबको कांग्रेसले नारामा मात्र सीमित राख्ने भयोझ उनी भन्दै थिए ञपार्टी जुनसुकै होसस उसको सिद्धान्त महत्त्वपूर्ण हुन्छ तर अहिले पार्टीको सिद्धान्तअनुसार नेपाली कांग्रेस अगि बढ्न सकेन।झ उनले धेरै कुरा सम्झिएको जस्तो गरे र भने ञअह१ बिपिले भनेजस्तो कसैले पालना गरेनन् चाहे त्यो केन्द्रमा होस या स्थानीय स्तरमास होइन भने क्षमता भएका, योग्य, दक्ष, पढेलेखेका युवाहरूलाई किन उपेक्षा गरिन्छ तरुझ
नेपालमा तत्कालीन जहानीया १०४ बर्ष शासन गर्ने राणाहरुको त्यो अन्याय अत्याचारबाट दुर गराएर नेपाली जनतालाई ठुलो गुन लगाउने पार्टी हो( नेपाली कांग्रेस। बिपि कोइराला, गणेशमान शिंह, गिरिजाप्रसाद कोइराला यस्ता नामहरु जनताको मानसपटलमा अझै एउटा मीठो सपना बनेर अबिस्मरणीय रुपमा रहेको छ। इतिहास साक्षी छ( कांग्रेसले नेपाल र नेपाली जनतालाई लगाएको गुन दूध सेतो र रगत रातो हुन्छ भने जस्तै छर्लङ्ग छ। विभिन्न जनआन्दोलनहरु, संकटकालको समाधान, लोकतन्त्र, प्रजातन्त्र इत्यादीले कांग्रेसको परिचय पूरा हुदैन। त्यस्ता थुप्रै उदाहरणीय कामको एक सच्चा पात्र हो( नेपाली कांग्रेस। हो, त्यही कांग्रेस र त्यही बिपिको सिद्धान्तलाई अनुसरण गरेर कांग्रेस प्रती आस्था राख्ने एक व्यक्ति हुन( केशव पुरी।
केशव पुरीले २०४० सालको चैत २५ गते तत्कालीन मा माता पुर्ण कुमारी पुरी र पिता सुर्य ब। पुरीको जेष्ठ सुपुत्रको रुपमा जन्म लिएका थिए। पारिवारिक अबस्थाको बारे करिब चार घण्टासम्म बताएका उनको पारिवारिक अबस्था निकै कहालीलाग्दो थियो। उनका अनुसार उनकी हजुरआमा उर्फ बालकुमारी पुरी उनको जीवनको अभिन्न अगं हुन। हजुरआमाकै कारण आफू आज यो ठाउँ सम्म आइपुगेको बताउदै उनको त्यो गुनको चर्चा परिचर्चा गर्ने कुनै शब्द नभएको उनी बताउछन। खोटाङ जिल्लाबाट अनेकन बाधा अबरोध दुख पीडा सहेर तरहरामा ल्याएर संघर्ष गरेर आफुलाई यस अबस्थामा पुर्याउने हजुरआमालाई केशव आफ्नो आइडल पर्सन मान्दछन। उनका बाबा लाहुरे भएपनि नेपाली कांग्रेसको सच्चा भक्त थिए। अझ कहासम्म भने पुरै गाउ विपक्षी हुदा समेत बाबाले कांग्रेस नछाडेको हुनाले आफुलाई पनि त्यतातिर रुचि बढेको उनी केशव बताउछन।
घरको एकदमै कहालीलाग्दो पिडालाई एकातिर थाती राख्दै २०४५ सालमा तत्कालीन श्री जनता प्राबी भरौलबाट उनले आफ्नो पढाईको यात्रा सुरु गरे। ५ कक्षा सम्मको पढाइ श्री जनता प्राबिमा सकेर पुनः महेन्द्र निमावि बाट कक्षा ८ सम्मको पढाइ सके। अनन्तस् २०५७ सालमा श्री जडेज माबी कालाबंजरबाट द्वितीय श्रेणीमा एसएलसी लेभलको पढाइ उतिर्ण गरे।

एसएलसी पछिको पढाई गर्न २०५७ मा उनी धरान स्थित महेन्द्र क्याम्पसमा प्रस्थान भए। २०५८ मा महेन्द्र क्याम्पसको नेपाल विद्यार्थी संघ एकाइ समितिको सदस्यता लिएपछि उनले विद्यार्थी राजनीतिको यात्रा सुरु गरेको उनले बताए। आइए लेभेलको पढाइ सकेर उनी पुनः घर फर्के। पछी २०५९ बाट २०६१ साल सम्म श्री जनता प्राबी भरौलमा शिक्षण गरे। काधमा जेष्ठ सुपुत्रको जिम्मेवारी बहन गर्नु पर्ने भएकोले पढाइ र कामलाई निरन्तर अगाडि बढाउनु पर्ने बाध्यता केशवमा थियो। सकेसम्म पढाइको यात्रामा पुर्णबिराम लगाउन नचाहने केशवले २०६१ सालमा बिए लेभलको पढाइ सुरु गरे। ०५७ मै नेबि संघको सदस्यता लिएको भए पनि २०६१ बाट भने महेन्द्र क्याम्पस नेबि संघ कार्यसमिति सदस्य भएर काम गरे। पढाइ, काम दुबैलाई प्राथमिकता दिएर अगि बढिरहेका केशवले २०६२ को स्वबियु चुनावमा उपसभापतिको उम्मेदवारी दिए। क्याम्पसको स्ववियु जितेर राजनीतिक यात्रामा छलाङ मार्न चाहाने उनको सपना स्ववियुको हारसँगै तुहेर गयो। २०६५ सालमा बिए लेभलको पढाई सकेर उनी त्रिभुवन बिश्वबिद्धालय९त्रिबि० तर्फ लागे। जसको उद्देश्य हो( मास्टर्स डिग्रीको पढाइ गर्ने।
केशव त्रिभुवन बिश्वबिद्धालयमा आफ्नो पढाइ सँगै राजनीतिक यात्रा पनि अगाडि हुइक्याउने चाहाना राख्दथे। फलस्वरूप उनले आफ्नो संयोजकत्वमा सुनसरीका विद्यार्थी एकीकृत गर्ने उद्देश्यले बिशुद्व स्वतन्त्र विद्यार्थी युनियन सुनसरी विद्यार्थी समाजको स्थापना गरे। र संस्थापक अध्यक्ष समेत बने। लगत्तै नेबि संघ निकट त्रिबि समितिको सदस्यता लिन समेत भ्याए। आफ्नो जीवन फर्केर हेर्दा धेरै संस्थाहरूको संस्थापक बनेको उनले सम्झिए। जसको अर्को उदाहरण हो( नेबि संघ पुर्वान्चल समिति। पछि २०६८ मा आएर उनले ञनमस्ते सुनसरी झ नामक स्मारिकाको परिकल्पना गरे। राजनीतिक प्रतिसोध, आर्थिक समस्या लगाएत थुप्रै बाधाहरुको बाबजुद पनि उनको यो कल्पनाले २०६८ मा साकार रुप लियो। तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल, त्रिबि उपकुलपति, त्रिबि सभापति, सुनसरी जिल्ला प्रमुख, धरान नगरपालिका प्रमुख लगाएतको बिज्ञापन सहितको स्मारिका तत्कालीन बाताबरण तथा भुसंरक्षण मन्त्री भगवती चौधरी द्वारा बिमोचन गराए। यहि क्रममा २०१२ मा उनले एमए लेभेलको पढाइ ६४ प्रतिशत सहित उतिर्ण गरे। बुबाको सपनाको रुपमा रहेको मास्टर्स डिग्रीको पढाइ सकेपछि उनले बिदेश जाने निर्णय लिए।

अन्ततः एउटा सुन्दर सपना लिएर सन २०१२ मा केशव नर्वे उडे र ग्लोबल स्टडिजमा मास्टर्स डिग्री सुरु गरे। नर्वेमा रहेदा सुरुका दिनहरूमा अनेकन संघर्ष भए पनि पछीपछी सहज हुँदै गयो। नेपालमा हुदा विभिन्न सामाजिक तथा राजनीतिक संस्थाहरुमा अगाडि रहने केशव नर्वेमा पनि त्यही परम्परा पछ्याउन थाले। फलस्वरूप २०१३ मा नेप्लिज स्टुडेन्ट सोसाइटी इन स्टानभेजर९नेस० का संस्थापक अध्यक्ष भए। कांग्रेस निकट भातृ संगठन नेपाली जनसम्पर्क समितिको महामन्त्री हुन सफल भए जुन केशवको जीवनकालको सबैभन्दा ठुलो उपलब्धि भएको उनी बताउछन। पछी उनी उपसभापति समेत हुन सफल भए। यसै क्रममा २०१४ मै एम फिल लेभलको पढाइ सुरु गरे। यसरी नर्वेमा छदा पढाइ, काम, विभिन्न संस्थाहरुको जिम्मेवारी, राजनीतिक यात्रा गर्दै उनले आफ्नो पढाइको यात्रामा भने अल्पबिराम लगाए।

सेवा मद्देको उत्कृष्ट सेवा राजनीति हो भन्ने केशव सामाजिक कार्यमा बढो दखल राख्छन। १०१५ फेब्रुअरीमामा बिहे गरेर केशव पुनः नर्वे जाने भए। २०७२ साल बैशाख १२ को भुकम्पमा परी कंयौ नेपालीले ज्यान गुमाए, कयौं घाइते भए भने कति घरबार बिहिन बने। देश संकटमा परेको त्यो घडीमा केशवले थुप्रै सहयोग गरि मलम लगाएको उनी सम्झिन्छन। नेस्को तथा नर्वेजियन रेडक्रसको सहकार्यमा १ लाख ८० हजार सिन्धुपाल्चोकका भुकम्प पीडितलाई सहयोग गरे। त्यसपछि तत्कालीन सामाजिक संस्थाको रुपमा रहेको बिबेकशिल नेपालीको नाममा १ लाख १२ हजार नेपाल पठाए। जतिबेला केशव नेपाली जनसम्पर्क समितिको उपसभापति तथा सामाजिक उपसमितिका प्रमुख थिए, उनले आफ्नो नेतृत्वमा देउसी भैलो कार्यक्रम गरे। जसबाट उठेको रकम मद्दे ५० हजार पाल्पामा रहेका अपांग बालबालिकाहरुका लागि शिक्षामा सहयोग गरे। आफ्नो गाउमा समेत सामाजिक सेवामा केशव अछुतो रहन सकेनन। र क्यान्सर पीडित बिचारी पुरी बचाउ अभियानमा ५० हजार बराबरको सहयोग गरे। देउसी भैलोकै रकमबाट ५२ हजार ल्याबका सामाग्री खरिद गर्न जनता माबी भरौलीलाई सहयोग गरे। देशमा तत्कालीन भारतले नाकाबन्दी गर्दा उनले आफ्नो नेतृत्वमा नर्वे राजदुतावासमा नेस्कोसँग सहकार्यमा भारतको दादागिरीका बिरुद्धमा बिरोध सभा र ज्ञापन पत्र समेत बुझाए। फर्केर हेर्दा थुप्रै सामाजिक काममा हात रहेको उनी बताउछन।
अहिले केशव आफ्नै ठाउमा बसोबास गर्दै आएका छन। हुन त उनले आफ्नो श्रीमती सहित नर्वेमा बस्ने र उतै सेटल हुने निर्णय नगरेका त हैनन् तर आफ्नै ठाउमा केही गर्नुपर्छ भन्ने सोछ राखेर उनी अहिले नेपाल फर्केका छन। नर्वेमा छदा मासिक ४ लाख सम्म आम्दानी गर्ने उनीले बताए। बराहक्षेत्र ३ मा रहेको महेन्द्र माबी, जडेज माबी कालाबंजरमा केशव अहिले शिक्षण गर्छन।

केशव यहि ठाउँ बाट राजनीतिको यात्रा अझै अगाडि बढाउन चाहान्छन। स्थानीय तहबाट नेतृत्व सहित सुरु गर्न चाहाने केशव अहिलेको राजनीतिक परिपाटी सँग भने बिरत्तिएका छन। स्थानीय स्तरमा प्रतिभावान मान्छेको पहिचान गर्न नसक्नु अहिलेको कांग्रेसको लागि दुर्भाग्य रहेको बताए। उन्लाई आफैलाई पनि पार्टी र स्थानीय तहले वास्ता नगरेको गुनासो गर्छन। यदि आफुलाई स्थानीय तहमा मौका दिने हो भने यहाको प्राकृतिक सम्पदालाई पहिचान गरि बिकासको राम्रै मुल फुटाउन सक्ने भिजन आफुमा रहेको केशव बिशस्वत छन। पार्टीले आफू जस्ता पढेलेखेका, योग्य र काम गर्न सक्ने युवाहरूलाई मौका दिनुपर्ने माग उनको रहेको छ। अहिलेको बराहक्षेत्रको बिकासलाइ नजिकबाट नियालेका उनी भन्छन ञअहिले बराहक्षेत्रको बिकाश निर्माण हेर्दा बिरक्त लाग्छ।झ चक्रघटटीले देखि धरानको एक महत्त्वपूर्ण सडकमा समेत स्थानीय तह र प्रदेश सरकारले समेत उपेक्षा गरेको उनी गुनासो गर्छन। आफुले यश बारेमा ग्यानेन्द्र बहादुर कार्की, जयकुमार राई लगाएतलाई समेत ब्यतिगत रुपमै कुरा राखेको भए पनि कसैले नसुनेको उनले बताए। नडाहामा बन्न लागेको अस्पतालको स्थानीय नेता भन्दौदाहरुले भड्काएको उनले आरोप लगाए। बराहक्षेत्र ३ को वडा कार्यलयको भवनको विषयमा मेयरको ठाडो हस्तक्षेप किन भन्ने प्रश्न उनको रहेको छ। यदि जनता तथा पार्टीले एकपटक आफुलाई मौका दिने हो भने आफुले पाएको जिम्मेवारीको पालना गर्ने उनको भनाई छ। ञजुन गोरु आएपनी कानै चिरेका भन्ने भनाई छनिझ भनेर सोध्दा उनले भने ञमैले आजसम्म लिएको जिम्मेवारीबाट पन्छेको इतिहास छैन।झ कांग्रेसको बारेमा छोटकरीमा भन्नू पर्दारु भन्ने प्रश्न मा उनी भन्छन ञमैले पार्टीकोलागि खास केही योगदान गरेको छैन।। म कुनै ठुलो नेता पनि हैन तर कसैले कांग्रेसको बारेमा नराम्रो भन्दा भित्री मन दुख्छ। र त्यसको विरुद्धमा बोल्न मन लाग्छ। अन्तिम सास फेर्दा सम्म पनि जय नेपाल भन्न पाइयोस। राजनीति भनेको स्वच्छ हुनुपर्छ भन्दै केशवले सबै तहका कार्यकर्तादेखि लिएर सबैलाई समेटेर लानुपर्नेमा उनी जोड दिन्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *