लोमशको राजनैतिक फड्को - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

लोमशको राजनैतिक फड्को

सुबिन बिश्वकर्मा / चक्रघटी
असल र इमानदारीताको संगमको रुपमा छवि बनाउदै चक्रघट्टीका लोकल ठिलो लोमस दाहाल अहिले सबैको मुखमा झुन्डिने नाम हो ।आज वराहक्षेत्रको राजनिति र सामाजिक क्षेत्रमा उनले गरेको प्रगति र योग्दान देखेर ६० बर्ष काटेकै नेताहरु पनि आश्चर्यमा पर्छन भने उनका समकालिन त जलेरै मर्छन् । पैसा र करियर बनाउने बेलामा आफुले कमाएको पैसा अरुकालागि खर्च र आफ्नो करियर नै समाजकालागि सुम्पिएका उनि राजनैतिक क्षेत्रमा दिन प्रतिदिन फड्को मारिरहेका छन् ।
२०७३ सालबाट अौपचारिक रुपमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्याथी संघ सदस्यता लिएर राजनीति प्रवेश गरेका लोमश अहिले मुल पाटी भित्र नै राम्रो प्रभाव राख्न थालेका छन् । सकरात्म सोच र युवा जोसका धनिको रुपमा रहेको उनको उमेर भने खासै धेरै भने छैन् । २४ बर्षिय लोमशको जन्म गोपाल र चन्द्रकला दाहालको कान्छो छोराको रुपमा २०५३ पौष ६ गते साबिक महेन्द्रनगर गाबिस वडा नं १ आइतवारेमा भएको थियो ।
१२ कक्षा पढ्दा सम्मा कम्युनिस्ट पार्टीमा पारिवारिक पृष्ठभूमिका कारण झुकाप राखे पनि कांग्रेसको सिदान्त र बिपिको चिन्तनलाई आत्मसाथ गर्दै स्नातकको पढाइसंगै कांग्रेसको चारतारे झण्डा भित्र एकृकृत हुन पुगे । जस्को फल स्वरुप नेबिसंघ प्रबेश गरेको केही महिनामै स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनबाट नेबिसंघबाट उप-सभापतिमा निर्वाचित भए । उनको लागि उपसभापति बिजयी भए पश्चात् राजनितिमा पछाडि फर्कनु परेको छैन् । पछि सुनसरीमा एक मात्र स्वीयु निर्वचनमा नेबिसंघलाई निल हुनबाट बचाएर चर्चा कमाए पछि उनी सहित सभापति प्रतीक राई, नेबिसघ इकाई समिति, स्थानिय नेताहरुको चर्चा जिल्ला हुँदै केन्द्र समेत पुगेको थियो । हाल सोही इतियास बनेको नेबिसंघ एकाइ समिति सप्तकोसी बहुमुखी क्यापसका सभापति समेत रहेका उनी छोटेा समयमा एक सफल युवा नेता को उचाई मा पुगेका छन् । स्पष्ट बक्ता र मिजासिता स्वभावका उनी राजनैतिक सहित सहकारी संस्था, जेसिजको मुख्य पदमा रहेर काम समेत गरिरहेका उनको लक्ष्य भने राजनितिमा सफल र समाजमा सेबकको रुपमा स्थापित हुन चाहन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *