थापालाई `अन्तिम पाना´ लेकलाकार बाट निर्देशक बनायो - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

थापालाई `अन्तिम पाना´ लेकलाकार बाट निर्देशक बनायो

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।
नाटक तथा चलचित्र लेखक एबम् अभिनेता जीवन थापा `क्षितिज´ ले चलचित्र निर्देशनमा हात हालेका छन। एकल कलाकार अभिनित नेपालकै पहिलो दाबी गरिएको चलचित्र `अन्तिम पाना´ मार्फल उनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन।
दिवाज फिल्मको ब्यानरमा निर्मित थापको डेब्यु चलचित्र `अन्तिम पाना´ छायांकन कार्य पूरा भइ सम्पादनको अन्तिम चरणमा रहेको छ। एकजना कलाकारले मात्र अभिनय गरेको सो चलचित्रमा उमेश कार्कीको अभिनय देख्न सकिन्छ। चलचित्रमा एक्लै अभिनय गर्न कठिन भएता पनि यसमा काम गर्दा छुट्टै मज्जा भएको अभिनेता कार्कीले बताए।
दिवाज राई किराँती निर्माता रहेको उक्त चलचित्रको नियोमा राई कार्यकारी निर्माता हुन। चलचित्रको मुख्य सहायक निर्देशन सन्तोष थापाले गरेका हुन भने केदार राइले यसमा छायांकन तथा सम्पादन गरेका छन। चलचित्रको लेखन भने निर्देशक थापाकै रहेको छ। निर्देशक थापाका अनुसार समाजमा विभिन्न समस्याका कारण एक्लिन बाध्य भएको पात्रको जीवनसंघर्षलाई मुख्य बिषय बनाइएको चलचित्र भोजपुरको ट्याम्केमंयुम, पांखा र अरुण गाउपालिकाको याकु लगाएतका विभिन्न स्थानमा छायांकन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *