जिल्ला अस्पताल खोटाङ दिक्तेलमा आईसुलेसन कक्ष - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

जिल्ला अस्पताल खोटाङ दिक्तेलमा आईसुलेसन कक्ष

जिल्ला अस्पताल खोटाङ दिक्तेलमा आईसुलेसन कक्ष
सन्तोश पौडेल ,चैत्र ४ खोटाङ ।
विश्वभर अहिले महामारीको रुप लिईरहेको कोरोना भाईरस(कोभिट–१९)को विषयलाई लिएर जिल्ला अस्पताल खोटाङ दिक्तेलमा आईसुलेसन कक्ष स्थापना गरिएको छ।
जिल्ला अस्पताल खोटाङ र स्वास्थ्य कार्यालय खोटाङको संयुक्त आयोजनामा भएको कार्यक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नंम्बर –१० पाथेकामा कोरना भाइरसको बिरामी भेटिएको हल्ला र त्यस विषयलाई लिएर थप त्रासित नहुन पनि आग्रह गरिएको छ ।
अस्पताल परिसर भित्र स्थापना भएको उक्त आईसुलेसन कक्षमा तीन वटा वेडहरु राखिका छन ।

जिल्लामा हालसम्म कोरोना भाइरस देखिएको छैन । शंका लागेमा अस्पतालमा तत्कालै आउन असपतालले आग्रह गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिप नारायण रिजालका अनुसार “ कोरोना भाईरस खोटाङमा अहिले सम्म देखा नपरेको भन्दै आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।´´
कोरोना संक्रमण भएका ब्याक्तिहरुलाई नगरले जुन सुकै सहयोग गर्न पछि नहट्ने नगर प्रमुख रिजालले बताउनुभयो ।
स्वास्थ्य कर्मिले विरामिको उपचार गर्दा आफ्नो ब्याक्तिगत सुरक्षाका लागि १० थान सुरक्षा सामाग्रीहरु माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।
कोरोना भाइरसबाट वचन नियमित रुपमा यी कामहरु गरौ।
कोरोना भाइरसवाट आफु र अरुलाई वचाउनको लागि नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा हाछ्युउ गर्दा नाक मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखापरेमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहिको संक्रमणवाट टाढा रहने, जंगली तथा घरेलु पसुपन्छीहरु सँगको असुरक्षित सम्पर्कबाट टाढा रहने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *