आइतबारदेखि कार्यलय र यातायात बन्द - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

आइतबारदेखि कार्यलय र यातायात बन्द

काठमाडौं । मुलुकमा अत्यावश्यक बाहेक सबै सेवा १३ दिनको लागि बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन सरकारले अत्यावश्यक बाहेका सबै कार्यालय चैत ९ देखि २१ गतेसम्म बन्द गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ सम्म सबै कार्यालय बन्द गरिने बताउनुभयो । ‘अत्यावश्यक सेवा बाहेक सबै कार्यालय चैत ९ देखि २१ गतेसम्म बन्द हुनेछ’ उहाँले भन्नुभयो, ‘ १० गतेदेखि लामाे दूरीका सार्वजनिक यातायात समेत बन्द गरिनेछ ।’

कोरोना भाइरसप्रति सजक बन्न चैत १८ देखि सबै हवाई सेवा समेत बन्द हुने प्रधानमन्त्रीले जानकारी गराउनुभयो । प्रधानमन्त्रीले यातायात र हवाई सेवा बन्द भए पनि पेट्रोलियम पदार्थसहितका इन्धन आपूर्ति भने सुचारु भइरहने बताउनु भएको छ ।

प्रधानमन्त्रीले कोरोना भाइरसबाट नेपाल पनि सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । ‘ कोरोना भाइरसले यतिखेर विश्वका विभिन्न मुलुक आक्रान्त भइरहेको छ’ उहाँले भन्नुभयो, ‘हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा छैनौँ ।’

प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले विभिन्न उपाय अवलम्बन गर्दै सबै षंयन्त्र परिचालन गरेको बताउनुभयो । ,‘नागरिकको स्वास्थ्यलाई मैले सधैँ प्राथमिकतामा राखेको छु’ उहाँले भन्नुभयो, ‘ सबैले सरसफाइमा अत्याधिक ध्यान दिनुस् ।’

प्रधानमन्त्रीले कोरोनाप्रति सचेत हुनुपर्ने तर आत्तिनु भने नपर्ने उल्लेख गर्नुभयो । कारोनाको कारण मुलुकमा अहिले ग्यास र चामल लगायतका उपभाेग्य संचित गर्नेक्रम बढेको छ । तर प्रधानमन्त्रीले भने त्यसरी संचित गर्न नपर्ने बताउनु भयो । ‘उपभोग्य वस्तुको अधिक संचित नगर्नुस्’ उहाँले भन्नुभयो, ‘पछि पाइदैन कि भनेर डराउनु पर्दैन ।’

कोरोना कोषमा नेपाल सरकारको १० करोड
दक्षिण एशियाली सहयोग संगठन (सार्क) द्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको आपतकालिन कोषमा नेपालले १० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै कोष उल्लेखित रकम उपलब्ध गराउने घोषण गर्नुभएको हो ।

कोषमा छिमेकी मुलुक भारतले १ करोड १ अमेरिकी डलर उपलब्ध गराउने घोषण गरिसकेको छ । सार्क राष्ट्रप्रमुखबीचको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेखित रकम उपलब्ध गराउने बताउनु भएको थियो । कोषमा राष्ट्रका अन्य राष्ट्रले पनि रकम उपलब्ध गराउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *