राजनीतिक समाचार लाई मात्र पत्रकारिताको समाचार बनाइयो: मेयर खनाल - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

राजनीतिक समाचार लाई मात्र पत्रकारिताको समाचार बनाइयो: मेयर खनाल

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।
बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले पत्रकारहरुले राजनीतिक समाचारलाई मात्र प्राथमिकता दिएको गुनासो गरेका छन। ग्रामीण पत्रकार समूह बराहक्षेत्रको आयोजनामा नगरपालिका तथा विभिन्न सरोकारवाला निकायहरु सँगको परिचयात्मक कार्यक्रममा बोल्दै मेयर खनालले पत्रकारहरु राजनीतिक दलको कार्यक्रम र समाचारमा मात्रै लागि परिरहेको र स्थानीय तह, स्थानीय निकाय, संघसंस्थाहरु प्रती वास्ता नगरेको बताए।
बुधबार भएको परिचयात्मक कार्यक्रमका सभापति ग्रामिण पत्रकार समुहका अध्यक्ष हिरण्य कार्कीले संस्थाको आगामी योजनाहरु बारे प्रस्ट्याएका थिए। उनका अनुसार पत्रकारको क्षमता अभिबृद्दी गर्ने तालिम, प्रस्ताव लेखन तथा उदघोषण तालिम, फेलोसिप लेखन लगाएतका भाबी योजनाहरु सुनाए। कोसि सम्मान साप्ताहिकका प्रकाशक तथा सम्पादक रहेका उनले पत्रकारितामा योगदान गर्ने यस क्षेत्रका पत्रकारलाई दस हजार बराबरको अक्षय कोषबाट प्राप्त ब्याजलाई “कोसि सम्मान पत्रकारिता पुरस्कार” प्रदान गर्ने समेत घोषणा गरे।
कार्यक्रमका बिशिस्ट अतिथी नेपाल पत्रकार महासंग सुनसरीका अध्यक्ष अमर खड्काले पत्रकारहरुको जीवन चुनौतीपूर्ण रहेको हुदा निरन्तर लागिरहनु पर्ने बताए। ग्रामिण पत्रकार समूह बराहक्षेत्रका पत्रकारहरुले यस क्षेत्रका विभिन्न संघसंस्था तथा स्थानीय तहले यसतर्फ समन्वय गरेर जानू पर्ने बताए।
अर्का बिशिस्ट अतिथी चक्रघट्टी जेसिस बर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईंले आफ्नो कार्यकाल छदासम्म ग्रामिण पत्रकार समुहसँग सहकार्य गर्न आफुहरु तयार रहेको बताए। यसैगरी बिशिस्ट अतिथी नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापति नारायण नेपालले आफुहरु सधै पत्रकारहरु सँग नजिक भएर काम गर्न रुचाउने बताए।
नेपाल संयुक्त दलित समाज बराहक्षेत्रका अध्यक्ष रत्न रम्तेलले ग्रामिण पत्रकार समुहलाई दलितहरु प्रती भएको दमन, शोषण र छुवाछूतको बारेमा गहिरिएर लाग्न सुझाए। उनलेे दलितहरुको हक हितमा लाग्ने ग्रामिण पत्रकारलाई आफुले सकेको आर्थिक, नैतिक सहयोग रहने बताए।
ग्रामिण पत्रकार समुहका संस्थापक अध्यक्ष बाबुराम कार्कीले यस क्षेत्रका पत्रकार तथा ग्रामिण पत्रकार समुहलाई मेयर खनालले गरेको सहयोगको खुलेर प्रशंसा गरे।
कार्यक्रमका प्रमुख अतिथी मेयर खनालले सबै क्षेत्रमा पत्रकार बिना केहि सम्भव नहुने बताएका थिए। साथै उनले ग्रामिण पत्रकारलाई बराहक्षेत्र नगरपालिकाको साधन स्रोतले भ्याएसम्म जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *