कभर्डहलमा ३६ बेडको क्वारेन्टाइन २ घण्टामै निर्माण - जन्ते ढुंगा
May 2020
S M T W T F S
« Apr    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

कभर्डहलमा ३६ बेडको क्वारेन्टाइन २ घण्टामै निर्माण

चैत ११-सन्तोश पौडेल खोटाङ । खोटाङको दिक्तेल स्थित माटिकोरे कभर्डहलमा २ घण्टामै ३६ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।
कोरोना भाइरस (कोभिट -१९) भाइरसको सम्भावित जोखिमलाई मध्य नजर गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मंगलबार २ घण्टामै ३६ बेडको क्वारेन्टाइन निर्माण गरेको हो ।
क्वारेन्टाइन निर्माणमा सहयोग सरस्वती मा.विले फर्निचर ,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले डलप १५ वटा , त्रीपाल २० वटा , ३६ ओटा कम्बल र तन्ना उपलब्ध गराई क्वारेन्टाइन निर्माणमा सहयोग भएको हो ।त्यस्तै स्वास्थ्यकर्मी , औषधि ,खाद्यान्न जस्ता अति आवश्यक बस्तुहरु उपलब्ध गराउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिप नारायण रिजालले बताउनु भयो ।क्वारेनटाईन निर्माण गर्नका लागि नेपाली सेना मुडे ब्यारेक र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले सहयोग गरेको थियो ।
कोरोना भाइरस (कोभिट -१९) को लक्षण संक्रमित देशहरुबाट आएका मानिसहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने तर चेक जाँच गर्दा कोरोना भाइरस (कोभिट -१९) को लक्षण देखा नपरेमा घर फर्काईने जिल्ला अस्पताल खोटाङका सुपरिटेन्डेन्ट शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।

उता खोटाङको जन्तेढुंगा गाउँपालिकाले भारतबाट गाउँ फर्केका ४० जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ ।
गाउँपालिकाको मुख्य केन्द्र चिसापानीमा स्थापना भएको हेल्थ डेस्कमा सोमबार १८ जना हेल्थडेस्कमा आएका थिए । हेल्थ डेस्कमा आएका १८ जनालाई चेक जाँच गर्दा उनिहरुमा ज्वोरो , रुघाखोकीको समस्या नदेखिएपछी उनिहरुलाई होम क्वारेन्टाइनमा परिवारका सदस्यभन्दा टाढा बस्न गाउँपालिकाले सुझाव दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *