लकडाउनलाई पूर्ण कार्यान्वयनमा ल्याउन खटिएका सुरक्षाकर्मी नै असुरक्षित - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

लकडाउनलाई पूर्ण कार्यान्वयनमा ल्याउन खटिएका सुरक्षाकर्मी नै असुरक्षित

विराटनगर, कोरोना भइसरको संक्रमणको त्रासमा देशनै लकडाउन भएकोबेला सडकमा खटिने सुरक्षाकर्मीहरुले आफै असुरक्षित भएको गुनासो गरेका छन् ।

सडकमा खुल्ला हात डिउटीमा खटेका सुरक्षाकर्मीहरु नै आफू असुरक्षित भएको भन्दै मेडिकेयर माक्स, पञ्जा जस्ता अति आवश्यकका सामान उपलब्ध गराइदिन माग गरेका छन् । उनीहरुले दिनरात सडकमा खट्निु पर्दा जस्ता पनि मानिसहरुसंग भेट हुने भएकाले आफूलाई असुविधा भएको र आफू असुरक्षित भएको गुनासो गरेका छन् ।

सडकमा डिउटीमा खटिरहेका प्रहरी आफै असुरक्षित भएपछि कसरी अरुलाई सुरक्षा दिन सकिन्छ भन्दै गुणासो गरेका छन् । सरकारले कोरोनाको प्रकोप नफैलियोस भनेर देशनै लकडाउन गरेको समयमा जनताको सुरक्षा दिनको लागि र कोरोना भाइरसको बारेमा सन्देश दिन सुरक्षाकर्मीहरु २४ घण्टा सडकमा खटिरहेका छन् ।

सडकमा खटिने सुरक्षाकर्मीहरु विभागीय कारवाही हुने डरले आफुलाई चाहिने कुरा पनि भन्न सकिरहेका छैनन् । उनीहरु मध्ये कतिपय विना माक्स र विना पञ्जा डिउटीमा खटिरहेको देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *