राष्ट्रिय बन भित्रका रुख बिरुवाहरु दिन दहाडै चोरी - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

राष्ट्रिय बन भित्रका रुख बिरुवाहरु दिन दहाडै चोरी

सन्तोश पौडेल चैत २४ खोटाङ । राष्ट्रिय बन भित्रका रुख बिरुवाहरु दिन दहाडै चोरी गरेको पाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं एक को नोभेमा पर्ने उक्त बन बाट सोही ठाउँका स्थानीय बासिन्दा रत्न प्रसाद आचार्य र उनका छोरा भिम प्रसाद आचार्यले राष्ट्रिय बन भित्रबाट चोरी गरेको स्थानीयले बताएका छन । त्यस ठाउँका स्थानीयले बन कार्यालयमा खबर गरेपछि बन कार्यालयबाट दुई जनाको टोली आज दिउँसो उक्त वन क्षेत्र पुगेका थिए । यता बनकार्यालय बाट आएका कर्मचारीले मुचुल्का नउठाई फर्केपछि स्थानियवासि आक्रोसित भएका छन ।
व्यक्ति बाट काटिएका रुखहरुको गोलाइ ३० इन्च र ३१ इन्चका २ थान रुख काटेर लगिसकेको र डोजरबाट लडाइराखेको अबस्थामा २ थान चिलाउने जातका रुखहरु काटेर यत्रतत्र फालिएको अबस्थामा रहेको जिल्ला बन कार्यालयबाट आएका बन रक्षक दिनेश खत्रिले वताए । उनले भने रुख विरुवाहरु काटेर ट्याक्टरमा लोड गरेर अन्यत्र लगिएको भनि गोप्य सुचना आएको थियो । यता बन कार्यालयका रेन्जर थिर कार्कीका अनुसार रुख विरुवा काटिएको अबस्थामा भेटिएको बताएका छन । उनले भने हामिले टिर्पोट गरेर ल्याएका छौं मुचुल्का भने लकडाउन पछाडी तुरुन्तै बनाएर उक्त चोरि गर्ने व्यक्तिलाई कानुन अनुसार कार्वाहि गर्ने बताएका छन ।
यसरी बन कार्यालयबाट आएका कर्मचारीले रुख काटिएको अवस्थामा भेट्टाउँदा समेत मुचुल्का नउठाई फर्कदा बन कार्यालयको कार्यशैली माथि आलोचना शुरु भएको छ । विश्वभर महामारीको अबस्थामा रहेको कोरोना भाइरस कोभिट १९ को विषयमा सरकारले लकडाउन लगाएको छ । लकडाउन छँदा छँदै काठ दाउरा चोरी भएको ठाउँमा कर्मचारी पुग्ने र रिर्पोट बनाउने तर मुचुल्का नबनाई फर्कने बन कार्यालयको यस्तो कार्य प्रति चौतर्फी आलोचना शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *