लकडाउन र खोटाङ्गे शिक्षक नेताहरु - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

लकडाउन र खोटाङ्गे शिक्षक नेताहरु

जन्तेढुंगा संवाददाता
खोटाङ, ०४ वैशाख २०७७ ।
कोभिड–१९ का कारण देश अहिले बन्दाबन्दीमा रहको छ । निरन्तर २४ दिनको बन्दाबन्दीले देशको अर्थतन्त्र लगायत सम्पूर्ण क्षेत्रहरु अस्तव्यस्त भएका छन् । ती मध्ये पनि शैक्षिक क्षेत्र अझ धेरै अन्योलमा परेको छ । नयाँ वर्ष सँगै नयाँ शैक्षिकक सत्र सुरु भएको हुनाले यो विद्यार्थी भर्ना अभियानको समय हो । नयाँ जोश र जाँगरका साथ अबको केही दिनपछि धमाधम पढाई सुरु हुन्थ्यो तर दुःखको कुरा गत शैक्षिक सत्रका परिक्षाहरु सम्पन्न गर्न नपाउँदै कोभिड–१९ ले देशलाई अर्कोतर्फ मोडिदियो । अहिले सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावक राज्यले गरेको लकडाउनलाई पूर्णतः पालना गरेर आ–आफ्नो घरमा बन्दी भएका छन् । यसै सन्दर्भमा खोटाङ जिल्लाका शिक्षक नेताहरु लकडाउनलाई कसरी सदुपयोग गरिरहेका छन् ? यस विषयमा केही शिक्षक नेताहरुको लकडाउनको समयमा यसरी बितिरहेको पाइयो ।
१) कुमार पराजुली, अध्यक्ष नेपाल शिक्षक महासंघ खोटाङ ः खोटाङ बजार स्थायी घर घएका पराजुली श्री भगवति मावि खोटाङ बजारका प्रधानअध्यापक पनि हुनुहुन्छ । हाल उहाँ खोटाङ बजार स्थित घरमा बसेर लकडाउनको पालना गरिरहनु भएको छ । उहाँले यो समयमा पूर्वीय दर्शनको व्याख्या, अधुरा रहेका योगमाया, राधा उपन्यासको अध्ययन गरेर सिध्याउनु भएको छ । हाल उहाँ महाभारतको गद्य गढीरहनु भएको छ । यस समयमा उहाँले विशेष गरी कोरोना सम्बन्धि सचेतना मूलक गीत, हाइकु र कविता समेत रचना गर्नु भएको छ । विद्यालयसँग सम्बन्धित कतिपय अपुरा कामलाई पूर्ण गर्न पनि उहाँले यो समय उपयोग गर्नुभएको छ ।

२) मनकाजी राई, अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङ ः साकेला गाउँपालिका अन्तर्गत रतन्छा स्थायी घर भएका राई सरस्वती माध्यमिक विद्यालय विजयखर्कका प्रधानअध्यापक हुनुहुन्छ । विद्यालयबाट आफ्नो पुरानो घर रतन्छा लकडाउनको कारण जान नसकेपछि अहिले उहाँ दिक्तेल स्थित आफ्नै घरमा बसिरहनु भएको छ । रतम्छामा ७० रोपनी जग्गामा उहाँको अलैंची खेती छ । दिक्तेलमा रहेर उहाँले लकडाउनलाई पुरै सदुपयोग गरिरहनु भएको छ । अहिलेसम्म राईले यायावर, मुलुक बाहिर र अंग्रेजी कृति फिक्सन पढिसकेर अहिले मुलुकी अपराध संहिता २०७४ र मुलुकी देवानी संहिता २०७४ को गहिरो अध्ययन गरिरहनु भएको छ । यति मात्र होइन निकै मिहिनेती मानिनु हुने राईले आफ्नो घरमा २५ प्रजातिका फूलहरु ढकमक्क फुलाउनु भएको छ । स्ट्रोबेरी, कागती, किबी र एभकार्डो रोपेर व्यवस्थित गर्नुभएको छ । अनि पुदिना, टमाटर, लौका, फर्सी जस्ता विभिन्न तरकारी खेती लगाएर त्यसलाई नै समय दिईरहनु भएको छ ।


३) शिवहरी ढकाल, अध्यक्ष नेपाल शिक्षक संघ खोटाङ
साकेला मात्तिम स्थायी बासिन्दा ढकाल सरस्वती माध्यमिक विद्यालय दिक्तेलका सहायक प्रधानाध्यापक पनि हुनुहुन्छ । अहिले दिक्तेल स्थित आफ्नै घरमा लकडाउनको पूर्ण पालना गरेर उहाँ बसिरहनु भएको छ । यो समयमा उहाँले विशेष गरी महत्वपूर्ण र पुराना पुस्तकहरु अध्ययन गरिरहनु भएको छ । भाषाविद् टंक न्यौपानेद्वारा लिखित नेपाली भाषा र किराँत भाषाको ब्येतिरेकी अध्ययन, हजार माइलको बाटोलगायतका पुस्तकहरु पढिसक्नु भयो । नेपाल शिक्षक संघ प्रदेश १ को बैठकमा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुनुभएको छ । अहिले भिडियो कन्फ्रेन्समार्फत विद्यार्थीलाई कसरी पढाउन सकिन्छ भन्ने विषयमा खोज, अनुसन्धान र उपायको खोजी गरिरहनु भएको छ ।

४) कृष्ण गुरुङ, अध्यक्ष ए. अखिल नेपाल शिक्षक संगठन
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–६ नेर्पा घर भएका गुरुङ कालिका माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । सुरुका केही दिन आफन्त बिरामी भएकाले त्यसको व्यवस्थापनमा उहाँको धेरै दिन बिते । अलिहे घरमै लकडाउनको पालना गरिरहनु भएको छ । गुरुङले अहिलेसम्म कुनै पुस्तक पढ्न नभ्याएको अब पढ्ने विचारमा रहेको बताउनुभयो । अनलाईन समाचार र कोरोना भाइरस विशेष समाचार हेरेर र बिहान बेलुकी घरायसी काम गरेर उहाँले समय बिताइरहनु भएको छ ।

५) टंक कटुवाल, उपाधयक्ष– नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङ
सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा शिक्षण कार्य गर्दै आउनु भएका कटुवाल यो समयको पूर्ण सदुपयोग गरिरहनु भएको छ । शिक्षा सम्बन्धि विभिन्न खोजमूलक तथा अनुसन्धानात्मक लेखहरु लेखिरहनु भएको छ । यसैसँग सम्बन्धित पुस्तकहरुको अध्ययन पनि गरिरहनु भएको छ । बाँकी समय पारिवारिक काममा लगायर व्यतित गर्दै हुनुहुन्छ ।
६ मिन दाहाल, सचिव– नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङ
दिक्तेलस्थित आफ्नै घरमा लकडाउनेको पूर्ण रुपमा पालना गरिरहनु भएका दाहालले यो अवधिमा प्रेम खनालद्वारा लिखित श्रम आन्दोलन र श्रम कानुन, प्रयोगशाला र वर्गीय धरालत पुस्तक पढनु भएको छ । जिल्ला भरिका शिक्षकसंग सम्पर्कमा रहेर विभिन्न ठाउँको जानकारी लिने र समाचार हेरेर समय बिताईरहनु भएको छ ।
८) भवकृष्ण ढकाल, सचिव–ए अखिल नेपाल शिक्षक संगठन
दिक्तेलस्थित आफ्नै घरमा बसेर लकडाउनको पालना गरिरहेका ढकाल पञ्च माध्यमिक विद्यालय दिक्तेलका प्रधान अध्यापक हुनुहुन्छ । यसबीचमा उहाँले विभिन्न देशका शैक्षिक प्रणालीको तुलनात्मक अध्ययन गर्नुभएको छ । शिक्षालाई कसरी जिवनोपयोगी र व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन गरिरहनु भएको छ । विद्यालयका कतिपय कामहरु समेत उहाँको समय बितिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *