गगन थापाको प्रश्‍न : रक्षामन्त्री कालापानीमा तीर्थयात्राका लागि जानुभएकाे थियाे ? - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

गगन थापाको प्रश्‍न : रक्षामन्त्री कालापानीमा तीर्थयात्राका लागि जानुभएकाे थियाे ?

काठमाडाैं, २८ वैशाख । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतले नेपाली भूमि मिचेको प्रसंगगमा रक्षमन्त्री ईश्वर पोखरेलको भूमिबारे प्रश्न उठाउनु भएकाे छ ।आइतवार प्रतिनिधिसभामा भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडकमार्ग बनाएकोबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रश्न गर्दै थापाले रक्षामन्त्री पोखरेलको भूमिकाबारे सांसद थापाले प्रश्न उठाउनुभएकाे हाे ।

‘भारतीय हस्तक्षेपको घोर भात्सर्न गदर्छु, केही समय अघि रक्षमन्त्रीले त्याे ठाउँको भ्रमण गर्नुभयो । के त्यो तीर्थयात्र थियो ? थिएन भने सरकारलाई उहाँले के बताउनुभयो ? सरकारले त्याे बीचमा के काम गर्याे ? ‘ सांसद थापाले प्रश्न गर्नुभयाे ।

‘रक्षमन्त्री कालापानीमा तीर्थयात्रा गर्न गएका हुन्रु होइन भने नेपाली भूमिमा बनिरहेको सडक उनले किन देखेनन्रु’, सडक उद्घाटनपछि मात्रै देख्ने यो कस्तो तरिका हो ? नेपालले सधैँ पछुताउनु मात्रै पर्ने हो ? ’ सासद थापाले प्रश्न गर्नुभयाे ।

नेता थापाले सरकारले अब नेपालको भूमि तिमीलाई प्रयोग गर्न दिँदेनाैँ भन्न सक्नुपर्ने बताउनुभयाे ।‘भारतको दादागिरी र चीनको न्यानो स्वागतको प्रतिरोध गर्न कांग्रेस तयार छ’, उनले भने, ‘नेपाली भूमि रक्षाका लागि दह्रिलोसाथ उभिन हामी तयार छौँ।’

रक्षामन्त्री पोखरेल गत फागुन ५ गते दार्चुला सदरमुकामबाट नेपाली सेनाको हेलिकोप्टर चढेर कालापानी क्षेत्र हेर्न जानुभएकाे थियाे । तर उहाँ सवार हेलिकोप्टर कालापानीबाट करिब १५ किलोमिटर वरैबाट फर्किनु भएको थियो ।

Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *