दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तेश्रो चरणको राहत वितरण शुरु - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तेश्रो चरणको राहत वितरण शुरु

बैशाख -१० खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउनको मारमा समस्या झेलिरहेका अति विपन्न परिवारलाई तेश्रो चरणको राहत वितरण सुरु गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण देशनै लकडाउन छ सो कारण विहान बेलुकीको छाक टार्न धौ-धौ परिरहेको अति विपन्न परिवारलाई गाउँपालिकाले आज (शनिबार ) प्रतिघर २५ केजि चामल , २ केजि दाल , नुन १ केजि , १ पोका खाने तेल , २ केजि तरकारी गाउँपालिकाले उपलब्ध गराई वितरण शुरु गरेको हो ।
गाउँपालिकाले वडा नं -१ याम्खामा – ३० , वडा नं -२ डाँडागाउँमा – ५२ र वडा नं -७ टेम्मामा – ३० घर अति समस्यामा परेका परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पहिलो चरणमा गाउँपालिकामा ६ सय घर परिवारलाई राहत वितरण गरेको थियो ।
दोश्रो चरणमा गाउँपालिकामै एक सय घर परिवारलाई राहत वितरण गरेको थियो । त्यस्तै काठमाडौं उपत्यकामा दुई सय सात र मोरङमा १ सय ७१ परिवारलाई राहत वितरण गरिसकेको छ । साथै गाउँपालिकाका प्रत्येक अति समस्यामा परेका विपन्न परिवारलाई २५ केजिको २ बोराको दरले ढुवानी अनुदान समेत प्रदान गरेको थियो ।
गाउँपालिका अध्यक्ष भुपेन्द्र राईका अनुसार “मध्यम वर्गका विपन्न परिवारलाई सहुलियतमा खाद्या सामाग्री उपलब्ध गराईएको हो । लकडाउनका कारण मध्यम वर्गका परिवारलाई समस्या परेकाले उनिहरुले विहान बेलुकीको छाक टार्न समस्या भएकाले उनिहरुलाई प्रती परिवार ५० केजिका दरले , १ लाख ४० हजार १ सय ५० केजि चामल ढुवानीमा खर्च बेहोरिरहेको अध्यक्ष राइले बताउनु भयो ।´´

Leave a Reply

Your email address will not be published. Required fields are marked *