कविता : लकडाउन - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

कविता : लकडाउन

कोरोनाको कारणले नेपालमा चैत्रदेखि भयो लकडाउन
पुर्ण रुपले यो खोलिन त कुर्नु पर्छ क्यारे साउन
यस्तो बेला सरकार भन्छ गरीबहरुले राहत पाउन्
चुलो निभेको छैन भन्नलाइ जनताले केही त खाउन्

तर गरिबलाई राहत दिन सरकारलाई परेको छ गाह्रो
नागरिकता नभएका पीडितलाई अझ परेको छ सारो
भोट दिनेका लागि मात्र बनेको सरकारसङ्ग सबै हार्यो
भाइरसको त्रासले भन्दा नि भोकको त्रासले यहाँ मार्यो

दिनानुदिन संक्रमितको संख्या जताततै बढ्दै छ
नेपालका जनता पनि खाटमा भटाभट लड्दै छ
मौकामा चौका हान्नेहरु पनि शिखरमा चढ्दै छ
अवसरवादिको कारणले देश यहाँ बेस्सरी सड्दै छ

कोरोनाको कारण राष्ट्रिय र अन्तरास्ट्रिय खेल रोकियो
राजनितीको खेल भने नरोकिएर कतातिर पो ठोकियो
ब्रेक लागेन राजनिती खेलमा कुर्सीको बिषय बोकियो
यो सब हिरोसिमा बन्नलाइ गर्या कि बन्नलाइ टोकियो

एकअर्काको खुट्टा तानी कुर्सिमा बस्ने भएको छ सल्ला
जनताको बारे सोच्ने दिनमा पनि कुर्सीको नै छ हल्ला
ती ठुलाबडाहरु माउ बन्नुको सट्टा बनेका छन् चल्ला
बाझिरहेछन् यहाँ एकअर्कासङ्ग बनेर टपरी र डल्ला

फुका र रुखो चिउरालाई आसुले भिजाएर
खाइरहेका जनतालाई बोलिले मात्र रिझाएर
कुर्सीमा बसेका ती ओलिलाई खिज्याएर
के गर्न खोजिएको यो देशमा आँखा खोली हेर
प्रस्तोता लेखक : एस्तर दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सोल्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *