राप्रपा निकट नेता रसाइलीले भने, २१ औ शताब्दीमा पनि अन्तरजातीय बिबाहले ज्यान गुमाउनु अपच्य कुरा हो - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

राप्रपा निकट नेता रसाइलीले भने, २१ औ शताब्दीमा पनि अन्तरजातीय बिबाहले ज्यान गुमाउनु अपच्य कुरा हो

बराहक्षेत्र।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भात्री संगठन उत्पिडित संघ सुनसरीका अध्यक्ष सुरेस रसाइलीले पश्चिम रुकुममा भएको अन्तरजातीय बिबाहको घटना एकाईशौं सताब्दीमा बर्बर घटना हुदा यसको सबतन्त्र छानबिन दोषीलाई कडा कार्बाही हुनुपर्ने बताएका छन ।
सरकारले छुवाछुत प्रथाको अन्त्य गरेको धेरै दशक भैसके पनि आजसम्म यसले कलंकका रुपमा समाजमा जरा गाडेर बस्नु दुखद् भएको उनको भनाइ छ। उनी भन्छन, २१ औ शताब्दीमा पनि अन्तरजातीय बिबाहले ज्यान गुमाउनु अपच्य कुरा हो।
जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुम पश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। केटी पक्षले दलित भएकै निहुँमा कुटेर हत्या गर्नु निन्दनीय भएको अध्यक्ष रसाइलीले बताए।
रसाइलीले गाउँलेहरूको कुटाइबाट नवराजसँगै ५ जनाको मृत्यु भएको र वेपत्ता पारिएकोहरुको निश्चपक्ष छानवीन गरि दोषीमाथी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन। सदियौ देखि जरा गाडेर बसेको छुवाछूत हट्न अझै समय लाग्न सक्ने भए पनि यससम्बन्धी विशेष निति नियम बनाउन सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *