घर - कवि राई - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

घर – कवि राई

घर…🖋️🖋️🖋️

मान्छेले जीवन चलुन्जेल रात टार्न र गर्मिलाइ बार्न अनि झरिलाई छेक्न र जाडाेलाई सेक्न वा भनाैं टाउकाे लुकाउन,विस्कुन सुकाउन अाँगनसहितकाे घर बनाउछन् गाउँमा ।आकासै छुने प्रतिस्पर्धामा अग्लिरहेका महलहरु भन्दा पर हाँसिरहेकै हुन्छ गाउँकाे घर।जुन घर लाइ चारैतिर बाट विध्युतिय बत्तिले सजाउनुपर्दैन।जहाँ सदाबहार दियो बलिरहेको हुन्छ।मुलचुलामा खरानी मुनि लुकेर एक दुई वटा कोइला हरु सदैव बलिरहेकै हुन्छ।मौसमअनुसार ए सि र हिटर जोड्दैपर्दैन।जहाँ सदैब आमा बुबा को न्यानो माया र आशीर्वाद ले हिटर भन्दा न्यानो माया दिइरहेकैहुन्छ।जति अग्लिनु अग्लिसकेपछी अरु चाह नै हुदैन।किनभने घर लाई थाहा छ मेरो आकाश कहाँ सम्म हो भनेर।थप सौर्न्दर्य को निम्ति धुरिभरी प्लास्टिक का गमलाहरु मन पराउदैन जस्लाइ हरेकदिन आगन बढारिदिए पुग्छ।रातोमाटोले भित्ता र भुइ रङ्ग्याइदिए पुग्छ।अनि हरेक साझ आगो बालेर उज्यालो दिए पुग्छ।बस गाउँकाे घरले यति नै आस गरेको हुन्छ।

सुन मा सुगन्ध भए झनै राम्रो तर सुन मा सुगन्ध नमिसिदैमा सुन ले आफ्नो गुण चै छोड्दैन।त्यसैले आफू जस्तो कोहि नभएपनी आफ्नै सुन्दरतामा उभिरहेको छ यो घर। झरिले कुट्दा दुख्ने दुखाइ फरक होला त्यो शहरकाे RCC भवनसङ्ग ।तर सहने शक्ति RCC भन्दा कम छैन।जमिन मुनि बाट हात्तीले कान (भुकम्प)हल्लाउदा थर्किने शैली फरक होला तर थाम्ने आट सिमेन्टयुक्त घर भन्दा कम छोइन।

महल लाई घमण्ड होला। म त बलियो छु।मापदण्ड अनुसार बनेकोछु।20 मिटर भन्दा मुनि गहिरिएकोछु।तर के थाहा सिकारु इन्जिनियर ले परिक्षण स्वरुप बनाएको पनी हुन सक्छन। त्यो घर कुनै बौद्धिक इन्जिनियर ले बनाएका होइन तर गाउँकाे घर 50 औ बर्ष घरै बनाएर जिबिका चलाएका अनुभवी राम बाबै को कला ले ठडिएको हुन्छ।अाफ्नै हातले धनेम्पा बाबैसंग हल बाँधेर अारा काटेेर काठ तयार हुन्छ र अर्म पर्मकै बलमा बनेकाे घरमा अनुभव र कलाकाे मापदण्डमा रगत र पसिनाकाे रङ लिपिक्क लगाएपछि कुनै स्वर्गकाे महल पनि तुलनायाेग्य हुदैन गाँउकाे घरसंग।

सिसा लाई टल्किनु घाम लाग्नुपर्छ तर हिरा जहाँ भएपनी आफै चम्किनेगर्छ। चाहे त्यो आधारात मा नै किन नहोस।बिजुली जादा फरकै पर्दैन। घर ले सदैब मैनवत्ती बोकिरहेकोहुन्छ। याे पृथ्वीमा अलि अग्लो हुदैमा चन्द्रमा लाई फरक देखिनेभए किन चाहिन्थ्यो र रकेट..?जो जहाँ रहेपनी चन्द्रमा लाई देखिने आकार तेत्रै हो।कलर उस्तै हो।सितलता उस्तै हो।

तर अाजभाेलि चन्द्रमाकाे उज्यालाेकाे लाेभले हाे कि जमिनसंगकाे डरले हाे। गाउँकाे घरहरु हाेचिदैे र शहरकाे घररुपि सिमेन्टको मुर्चाल खुब अाकासिरहेकाे देख्छु। मन चसक्क हुन्छ। मान्छेलाई यती त था हुनुपर्छ। जति धेरैमाथिबाट लड्याे उती गम्भीर चाेट लाग्छ।

अब कुनैदिन घरबाट लडेरै मान्छेकाे लाेप हुनेभयाे भन्ने खबर अायाे भने मेराे अापत्ति हुनेछ। किनकि घरले मान्छे लडाउदैन र याे शहरकाे मान्छे बस्ने सिमेन्टको कंकाललाई घर भन्न मनाहि छ।

कवि राइ
खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *