युवाद्वारा स्वास्थ्य परिक्षण , १७४ जनालाई औषधि वितरण - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

युवाद्वारा स्वास्थ्य परिक्षण , १७४ जनालाई औषधि वितरण

सन्तोश पौडेल , जेष्ठ २७ खोटाङ । विश्वभर अहिले लकडाउन छ यसै बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका केही युवाहरूले युवा जागरण कोरोना नियन्त्रण अभियान भन्ने मुल नारासहित जनचेतनामूलक सन्देस फैलाउदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं – १० पाथेकामा १७४ जनाको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि वितरण गरेका छन ।

युवा जागरण कोरोना नियन्त्रण अभियानका संयोजक कविराज रिजालका अनुसार सोमबार वडा नं १० पाथेकाका दिर्घरोगी तथा औषधी सेवन गर्न नपाएका १७४ जना स्थानियहरुलाई एम.वि.वि.एस डा.जोन खकुरेलद्वारा स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको युवा जागरण कोरोना नियन्त्रण अभियानका संयोजक रिजालले बताए ।

५४० थान सर्जिकल माक्स,१० पिस सेनिटाइजर, ६० पिस सावुनका साथमा कोरोनाबाट बच्न जनचेतनामूलक सन्देश फैलाउदै गाउँका स्थानियलाई वितरण गरेका छन ।
साथै १० नं वडा कार्यलय पाथेकालाई ५० पिस हातधुने सावन , सर्जिकल माक्स ५० थान , ११ पिस सेनिटाइजर , ग्लोब्स १०० थान त्यस्तै अस्थायी प्रहरी चौकी तालखर्कलाई सर्जिकल माक्स ५० थान , सेनिटाइजर ३ पिस निशुल्क प्रदान गरिएको ब्याबस्थापक राजु आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *