कविता : तिमी र म - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

कविता : तिमी र म

तिमिले मलाइ आफ्नो हैन भनेर
घाेषणा गरेपनि तिमी मलाई आफ्नै लाग्छ।

मलाई उस्तै लाग्छ तिमी र जुन
जसलाई हेर्न समय कुर्नुपर्छ र
नहेर्न पनि समय कुर्नुपर्छ।

एउटै लाग्छ तिमी र आकाश
जसमा अटाउन सक्छन हजाराैंँ ताराहरू
केवल झुन्डिन सक्दिन म।

समान लाग्छ हावा र तिम्राे विशेषता
जाे बाँच्नलाई आवश्यक भएपनि
हरदिन उडाईरहन्छ सपनाकाे छानाहरू निर्मम भएर।

तिमी मलाई
यात्राजस्ताे लाग्छ
जाे हिडेर कहिल्यै सकिँदैन।
याे जानेर पनि हिँडिरहनुपर्छ निरन्तर ।

तिमी
नदिजस्तै
हतार हतार सायद सागर भेट्टाउन दाैडिरहन्छाै
म किनारजस्तै
तिमीलाई भेट्टाउन पछ्याइरहन्छु।

हाे!
तिमी अरू भएर पनि
मलाई आफ्नैजस्ताे लाग्छ।

आखिर
यी सब भनेकाे बाँच्ने कलाहरू रहेछन्
जाे
तिमी मलाई सिकाइरहेछाै।


कसरी मानुँ
बाँच्न सिकाइरहने मान्छेले
प्रेम गर्दैन भनेर।
लेखक – शुभचन्द्र राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं – ५ लफ्याङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *