बराहक्षेत्रमा वडा अध्यक्षले नगरसभा बहिष्कार गर्दै भने; नगर परिषदमा मेयरको हाबी देखियो - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

बराहक्षेत्रमा वडा अध्यक्षले नगरसभा बहिष्कार गर्दै भने; नगर परिषदमा मेयरको हाबी देखियो

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।
बराहक्षेत्र नगरपालिका ५ नम्बर वडाका अध्यक्ष राजु अधिकारीले छैटौ नगरसभा बहिष्कार गरेका छन। मेयर निलम खनालले नजिकका मान्छेलाई हेरेर बजेट दिने गरेको, वडाहरुमा समानुपातिक बजेटको निकासा नगरेको, उहाको घर धाएर चाकडी गर्नेलाई बजेट दिने गरेको भन्दै नगरसभा बहिष्कार गरेको अधिकारीले बताएका छन।
बुधबार भएको नगरसभाका लागि आफुले अगाडि नै आउन नसक्ने जानकारी दिएको उनले बताए। मेयर खनालले
नगरपालिकाका वडाहरुको जनसंख्या, भौगोलिक अबस्थाको अध्ययन गरेर बजेटको नीति तथा कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष अधिकारीले नगर परिषदमा मेयरको हाबी देखिएको आरोप लगाएका छन। पार्टीले नगरपालिका चलाउने भएकोले आफ्नो कुरा पार्टीमा राख्ने र सुनुवाइ भएन भने राजिनामा दिने उनले चेतावनी समेत दिएका छन।
यसपटकको नगरसभा रेडिमेट परिषद भएको भन्दै आफ्नो कार्यकाल भरी नगरसभामा नजाने उनले बताएका छन।
नगर प्रमुखलाई आक्षेप लगाइरहदा उहाले केके कुराको सम्बोधन गर्नु भयो भने तपाईं जानुहुन्छ भन्ने प्रश्नमा उनले भने, मेयर साबले कहिल्यै मेरो कुराको सम्बोधन गर्नु हुन्न र उहाको खुबी पनि छैन। मेयर खनालले आजसम्म एउटा कुरा बोल्ने र काम अर्को गर्ने गरेर हात्तिको दातको जस्तो व्यबहार गरेको उनको आरोप छ।
मेयरका मतियारले आफुलाई बौलाएको संग्या दिएको उनको गुनासो छ। तर मेयर निलम खनालले भने वडा अध्यक्षले आफुसङ्ग यस बिषयमा कुनै छलफल नगरेको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *