खोटाङमा पनि देखियो सलहकिरा - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

खोटाङमा पनि देखियो सलहकिरा

असाढ – १४ । भारतबाट तराई प्रवेश गरेको सलह किरा खोटाङका विभिन्न स्थानमा देखिएको छ । ठूलो समुहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह किरा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको हो ।

शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा खोटाङ जिल्लामा पनि देखिएको हो । जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह किरा देखिएपछि जिल्लास्थित स्थानीय तहका कृषि शाखा प्रमुख तथा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय प्रमुखको आपतकालीन बैठक अहिले बसिरहेको छ ।

वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका वडा नं –७ महादेवस्थानको माल्खुमा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको नगरप्रमुख इवन राईले बताउनुभयो ।प्रमुख राईका अनुसार “बालीनालीमा देखिएको छैन, घरको भित्तामा आएर बसेको अवस्थामा २०–२५ वटा सलहकिरा फेला परेको हो प्रमुख राईले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं –१ दिक्तेल बैङ्कचोकको एक पसलमा र सरस्वती माविको भित्तामा पनि केही सलह किरा देखा परेको छ । बैङ्कचोकमा भेटिएको सलह किरा स्थानीय बासिन्दाले पक्रीएर पहिचानका लागि लिएर आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो ।

ठूलो समूहमा देखिनुपर्ने सलह एक–दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले पनि दिक्तेलमा छिटफुट मात्रामा सलह किरा फेला परेको जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *