खोटाङका दुई पुरुष र दुई महिलामा कोरोना भाइरस संक्रमण पुष्टि - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

खोटाङका दुई पुरुष र दुई महिलामा कोरोना भाइरस संक्रमण पुष्टि

असाढ -१४ खोटाङ । खोटाङका दुई पुरुष र दुई महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस (कोभिड -१९) पुष्टि हुनेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं -२ सोल्माका ३८ बर्षिय पुरुष र १८ बर्षकै पुरुष र वडा नं -१४ बुईपाकि २५ बर्षिय महिला त्यस्तै ऐसेलुखर्क गाउँपालिका वडा नं – १ राखा बाङ्देलकी ३० बर्षिय महिलामा कोरोना भाइरस कोभिड -१९ संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

१५ जनाको पिसिआर परिक्षण गर्नका लागि स्वाव सङ्कलन गरेर असार १० गते काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा टेकु पठाइएको थियो ।आईतवार दुई महिला र दुई पुरुषमा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो ।
१८ वर्षीय युवा भारतबाट आएका हुन भने अन्य तीन युवायुवती तेश्रो मुलुकबाट आएका थिए ।
संक्रमित युवाहरूलाई कोषी अञ्चल कोभिड -१९ अस्पताल लैजाने त्यसैगरी संक्रमित दुई महिलालाई धरान स्थित विपि कोईराला स्वास्थ विज्ञान प्रतिस्ठान लैजाने तयारी गरेको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका प्रमुख दिपनारायण रिजालले बताए ।
यसअघि हलेसी तुवाचुङ नगरपालिकाका चार जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *