उदिप सेरालुङको पाँच मुक्तक - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

उदिप सेरालुङको पाँच मुक्तक

१- जुन बिर्सन्छु भन्नेले अनि तारा बिर्सन्छु भन्नेले।
जिन्दगीको सबै सबै अप्ठ्यारा बिर्सन्छु भन्नेले।

आमालाई वृद्धआश्रम त्यही छोरोले पुर्याएको हुनुपर्छ ,
पाए पछि प्रेमिका अरु सारा बिर्सन्छु भन्नेले !!

२- जानी जानी अन्जान बनी किन छुट्याउँछन् ?
यो ठूलो त्यो सानो हो भनी किन छुट्याउँछन् ?

हिजो ‘सबै समान हौँ’ लेखेर डिग्री पास गर्नेले
आज फेरि यो गरिब धनी किन छुट्याउँछन् ?

३- सोचे मनमा दुई चार चोटि कसरी सम्भव भको होला?
कोहि पातली कोहि मोटि कसरी सम्भव भको होला?

आफ्नो भने एउटै पनि छैन प्रेमिकाको नाममा
साथिकाे भने चारचार ओटि कसरी सम्भव भको होला ?

४- गर्छ सधैँ नहुने काम अचम्म लाग्छ ।
दुखी छ उ देखि तमाम अचम्म लाग्छ ।

यो कलियुग हो उल्टो हुन्छ भन्थे हो रहेछ
फटाहा कै हुन्छ नाम राम अचम्म लाग्छ ।

५- रुवाउँछ बेस्सरी आफ्नै प्रेम कथाले पनि।
सम्हालिँदैन बहकिने मन जति सम्हाले पनि ।

हिजो राम्रो देखेको मान्छे आज नराम्रो देख्छु
धोका दियो यसरी आफ्नै आँखाले पनि ।

उदिप सेरालुङ
ठेगाना – खाेटाङ,हलेशि तुवाचुङ नगरपालिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *