युवाद्वारा स्वास्थ्य परिक्षण , ८२ जनालाई औषधि वितरण - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

युवाद्वारा स्वास्थ्य परिक्षण , ८२ जनालाई औषधि वितरण

सन्तोश पौडेल असाढ १५- खोटाङ । विश्वभर अहिले लकडाउन छ यसै बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकामा पनि तीन जनामा कोभिड -१९ संक्रमण पुष्टि भएको बेला केही युवाहरूले युवा जागरण कोरोना नियन्त्रण अभियान भन्ने मुल नारासहित जनचेतनामूलक सन्देस फैलाउदै तथा सामाजिक दुरि कायम गरि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं – ४ खाल्लेमा ८२ जनाको एमबिबिएस डा.जोन खकुरेलद्वारा स्वास्थ्य परिक्षण गराई निशुल्क रुपमा औषधि वितरण गरेका छन ।

युवा जागरण कोरोना नियन्त्रण अभियानका संयोजक कविराज रिजालका अनुसार सोमबार वडा नं -४ खाल्लेका दिर्घरोगी तथा औषधी सेवन गर्न नपाएका ८२ जना स्थानियहरुलाई एमबीबीएस डा.खकुरेलद्वारा स्वास्थ्य परिक्षण गराई निशुल्क औषधि वितरण गरिएको युवा जागरण कोरोना नियन्त्रण अभियानका संयोजक कविराज रिजालले बताए ।
५५० थान सर्जिकल माक्स,७ पिस सेनिटाइजर बितरण गरेका हुन । साथै कोरोनाबाट बच्न जनचेतनामूलक सन्देश फैलाउदै वडा कार्यालय आसपासका घरघरमा गई माक्स बितरण गरेको संयोजक रिजालले बताएका छन ।
स्वास्थ सामाग्री बितरण गर्न साथै डाटा सङ्कलन गर्न वडा अध्यक्ष डिल्लि कुमार राई लगायत स्वास्थ्य चौकी खाल्लेमा कार्यरत स्वास्थकर्मिले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *