खोटाङमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

खोटाङमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना महिलामा कोभिड -१९ पुष्टि भएको छ ।
हप्ता दिन अगाडि भारतबाट आएकी उनी होम क्वारेन्टाइनमा बसेकी दिक्तेल स्थित रत्नपार्ककि महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा.शैलेस श्रेष्ठले बताएका छन ।

रावाबेशी गाउँपालिका स्थायी ठेगाना भएकी महिला दिक्तेलको रत्नपार्कमा बस्दै आएको र उनलाई कोभिड १९ संक्रमण पुष्टि भए सङै अहिले उनी बस्ने घर समेत सिल गरिएको छ भने दिक्तेल बजारमा त्रास फैलिएको छ ।
संक्रमित महिलालाई तत्काल जिल्ला अस्पताल खोटाङ दिक्तेलमा बनाईएको आइसोलेशन वार्डमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकि उपप्रमुख बिणा देवि राईले बताइन ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र कोभिड -१९ संक्रमण पुष्टि हुनेको सङ्ख्या ४ पुगेको छ भने ऐसेलुखर्क गाउँपालिका वडा नं – १ कि ३० बर्षिय महिलामा कोभिड -१९ संक्रमण पुष्टि भएसङ्गै खोटाङमा संक्रमितको सङ्ख्या ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *