झापामा सलह किरा भेटिए प्रति किलो ५० रुपैयाँका दरले बुधबारे जेसीजले खरिद गर्ने - जन्ते ढुंगा
July 2020
S M T W T F S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

झापामा सलह किरा भेटिए प्रति किलो ५० रुपैयाँका दरले बुधबारे जेसीजले खरिद गर्ने

असाढ -१६ झापा । बुधबारे जेसीजले झापामा सलह किरा देखिए किसानले संकलन गरेको सलह किरा प्रति किलो ५० रुपैयाँका दरले किनिदिने भएको छ । `किसानका लागि जेसीज´ भन्ने अभियान अन्तर्गत सो कार्य गरिने भएको हो ।

बुधबारे जेसीजकाे १५ गते सोमबार सम्पन्न बोर्ड बैठक तथा क्यालेन्डर बिमोचन कार्यक्रममा सो निर्णय भएको हो । सलह किरा नेपाल भित्रीसकेको अवस्थामा झापामा पनि त्यसबाट हुन सक्ने क्षतिबाट किसानलाई राहत मिलोस भन्ने उदेश्यले बुधबारे जेसीजले साे निर्णय गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताउनु भयो ।

बैठकले झापामा संचालित `एकका लागि एक´ कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । लकडाउनको समयमा बुधबारे जेसीजले एक दर्जनभन्दा बढी परोपकारी काम सम्पन्न गरिसकेको छ ।

क्यालेन्डर बिमोचन समेत गरिएको कार्यक्रममा नेपाल कृषिप्रधान देश भएकाे र सलह किराले किसानलाई ठूलाे क्षति पुग्न सक्ने तर्फ सबै सम्बन्धित निकाय सचेत र सजग हुन जरुरी भएको निचाेट निकालिएको छ ।

बुद्धशान्ति-२ का वार्ड अध्यक्ष दिलिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको क्यालेन्डर बिमोचन कार्यक्रम जेसी तिर्थ तिम्सिनाको संयोजकत्व र अध्यक्ष राईको सभापतित्वमा सप्पन्न भयो ।

कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरू जेसी सेवन्त पोख्रेल र जेसी प्रकाश भण्डारी, कानुनी सल्लाहकार जेसी मुकेश भट्टराईको आतिथ्यता थियो । कार्यक्रम महासचिव जेसी दिपेन सिटाैलाले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *