बाख्रा पालन व्याबसायबाट बर्षेनी पाँच लाख भन्दा बढि आम्दानी - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

बाख्रा पालन व्याबसायबाट बर्षेनी पाँच लाख भन्दा बढि आम्दानी

सन्तोश पौडेल खोटाङ , १४ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा – १५ बिजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाल दिनभरी जनताको सेवा गरेर बचेको समयमा बाख्रापालन व्यवसायमा व्यास्त छन् । अहिले उनी बाख्रा पालन व्याबसायबाटै बार्षिक पाँच लाखभन्दा माथि कमाउछन । वि.सं.२०७२ सालदेखि व्याबसायीक रुपमा बाख्रा पालन गर्दै आएका ढकालको प्रमुख आम्दानीको श्रोत नै कृषि हो ।
गाउँमै कालिका बाख्रा फार्म स्थापना गरेर अगाडि वढेका उनले अहिले सयवटाको हाराहारीमा बाख्रा पालिरहेका छन् । केही समयपछि करिब एक हजार भन्दा बढि बाख्रा पाल्ने उद्देश्य राखेका उनी जनताको सेवापनि उतिकै समर्पित छन ।

गाउँका बाख्रा पालन गर्ने कृषकहरुलाई उनले बिउका लागि बोकाहरु समेत त्रिक्रि गर्दै आएका छन् । गाउँमै बोका बिक्रि हुन थालेपछि उनलाई अझै बढी जाँगर चलेको सुनाउँछन् । ढकाल भन्छन्,“आफुँले उत्पादन गरेका बोका गाउँमै बिउका लागि बिक्री हुन थालेपछि बाखा्र पालेर आम्दानी लिन सजिलो भएको छ ।’ उनले भने, ‘भौगोलिक बनावट र हावापानीले उपयुक्त रहेकाले यो क्षेत्र बाख्रा पालन व्यवसायका लागि उपयुक्त रहेको छ ।’
यो पेशावाटै आत्मनिर्भर बन्न कोशिस गर्दै आएका ढकालका व्यवस्थित खोरमा अहिले सयको हाराहारीमा बाख्रा रहेको छन् । आधुनिक तरिकाको बाख्रा खोर बनाएर जिल्लामै नमूना बाख्रा फर्मको विकास गरेको वडाध्यक्ष समेत रहेका ढकालले बताए । उनले करीब पाँच रोपनी जग्गामा बाख्राको लागि विभिन्न प्रजातिका घास रोपेका छन् । ढकालले करिब ९ रोपनी जग्गामा केरा, अनार, रुख कटहर भुँइ कटहर जस्ता फलफूल पनि रोपेका छन् ।

उनको अतिरिक्त आम्दानीको श्रोत फलफूलको उत्पादन र विक्रि वितरण पनि रहेको छ । उनले भने, ‘नेपालमा राजनीति गरेर मात्र खान सम्भव हुँदैन, राजनीतिसँगै कुनै पनि पेशा वा व्यवसाय गर्नु आवश्यक छ । राजनीति गर्ने भनेको निःशुल्क समाज सेवा हो । यसबाट कमाउने कुरै आउँदैन । त्यसैले कृषि व्यवसाय शुरु गरेका हुँ ।’पछिल्लो समय कृषि पेशालाई धेरै मानिसहरुले छाड्दै गएको. भएपनि अध्यक्ष ढकालले भने यो पेशालाई छाडेका छैनन् । ढकाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य पनि हुन् । उनले यहि पार्टीको तर्फबाट वडाध्यक्ष बनेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक विकास समिति संयोजक समेत रहेका उनि जिल्लाको राजनैतिक व्यक्तित्वका रुपमा समेत परिचित छन् । पञ्चायतकालिन समय स्थानीय सामन्तहरुको पेलाईका विरुद्ध कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिमा लागेका ढकाल समाज सेवामा निकै अगाडि देखि सक्रिय व्यक्ति समेत हुन् ।
यसै बिच ढकालकै पहलमा हाल दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाले बिजयखर्कको ढकाल वेसीमा कृषिका लागि केरा पकेट क्षेत्र घोषणा भएको छ । ढकाल वेसीमा रहेका स्थानीय कृषकले करिब एक सय रोपनी क्षेत्रफलमा केरा खेति समेत शुरु गरिसकेका छन् । त्यहाँ उनिहरुले लगाएका केरा दैनिक २५–३० घरीसम्म पाक्न थालेको छ । उक्त केराको बजार व्यवस्थापन गर्नकालागि अहिले लागि परेको वडाध्याक्ष ढकालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *