घरपरिवार बाहेकको आर्शिवाद अर्को पटक थापौला, चाडपर्वमा सरकारको मापदण्ड यस्तो छ - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

घरपरिवार बाहेकको आर्शिवाद अर्को पटक थापौला, चाडपर्वमा सरकारको मापदण्ड यस्तो छ

जन्तेढुंगा संवाददाता
काठमाडौं । स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह सरकारले कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी नजिकिँदै गरेका प्रमुख चाडपर्वमा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड सार्वजनिक गरेको छ। घरपरिवारभित्र र समुदायस्तरमा मनाइने चाडपर्व, जात्रा तथा उत्सवलाई लक्षित गर्दै सरकारले अत्यावश्यक र अनिवार्य तथा आधारभूत मापदण्ड तयार पारेको हो।
अत्यावश्यक र अनिवार्य मापदण्डअनुसार चाडपर्वमा एउटै घरमा बस्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्न र भेट गर्नुपरेमा दुई मिटर ९६ फिट० को दुरी अनिवार्य कायम गर्नुपर्नेछ। त्यस्तै चाडपर्वका बेला सकेसम्म घरबाहिर नजाने र जानैपर्ने अवस्थामा माक्स अनिवार्य प्रयोग गर्नुपर्नेछ। चाडपर्व, जात्रा तथा उत्सवस्थलमा जाँदा अनिवार्य रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।
त्यस्तै आधारभूत मापदण्डमा धार्मिकस्थलमा हुने भेला तथा कार्यक्रममा २५ जना मात्रै भेला हुनुपर्ने, एकआपसमा अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट गर्ने र अंगालो हाल्ने तथा शरीर छुनेगरी अभिवादन नगर्ने उल्लेख गरिएको छ। मापदण्डमा कार्यक्रमस्थल तथा धार्मिकस्थलमा रहेका रेलिङ, बार, देवीदेवताका मूर्ति तथा धेरै व्यक्तिहरूले प्रयोग गर्नसक्ने सामग्री नछुन आग्रह गरिएको छ। त्यस्तै घरपरिवारबाहेक बाहिरका व्यक्ति सहभागी हुने भेलामा ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका, ६० वर्ष बढी उमेरका र १२ वर्षमुनिका बालबालिकालाई सहभागी नहुन भनिएको छ। गर्भवती तथा सुत्केरी, रोगप्रतिरोधी क्षमता कम भएका, मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मिर्गौला र कलेजोसम्बन्धी समस्या भएका तथा दम र दीर्घरोगीलाई पनि सार्वजनिक कार्यक्रममा नजान सरकारले आग्रह गरेको छ। अंग प्रत्यारोपण गरेका, शरीरमा मेडिकल उपकरण राखेका, हालै सर्जरी गरेका तथा १५ दिन भित्र सबै प्रकारका उपचारबाट निको भएका व्यक्तिलाई पनि सार्वजनिक कार्यक्रममा नजान सरकारले आग्रह गरेको छ।
त्यस्तै सार्वजनिक कार्यक्रम, जात्रा तथा उत्सवको आयोजना गर्नेहरूका लागि भिडभाडको व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्य सुराक्षा सहितका तालिम प्राप्त कर्मचारी तथा स्वयंसेवको व्यवस्था गर्न सरकारले आग्रह गरेको छ। हात धुनसाबुन पानी वा स्यानिटाइजरको व्यवस्था, कार्यक्रमस्थलको सरसफाइ तथा निसंक्रमीकरण र धेरै सम्पर्कमा आउने सामग्रीको सरसफाइमा ध्यानदिनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। त्यस्तै कार्यक्रम सकेसम्म छोटो गराउने, कोभिड सम्बन्धी प्रचारात्मक सामग्री अनिवार्य राख्नुपर्ने, भौतिक दूरी बनाइराख्ने, प्रवेशमार्गमा थर्मलमिटरमार्फत तापक्रम जाच्ने र १००।४ भन्दामाथि तापक्रम भएकालाई प्रवेश नदिने जस्ता मापदण्ड पालन गर्न सरकारले आग्रह गरेको छ। कार्यक्रमस्थलमा धुम्रपान, मद्यपान र सूर्तीजन्य पदार्थको सेवनमा निषेध गर्ने, मापदण्ड पालन नगर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सकेसम्म प्रसाद टीका ग्रहण गर्ने गर्ने परेमा सुरक्षित ढंगले गर्नेलगायतका मापदण्ड पालना गर्न सरकारले आग्रह गरेको छ।
पछिल्लो समय बढ्दो कोरोना संक्रमणको दर र चाडपर्वलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा कोरोना संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को निर्देशन समितिमा पनि छलफल भएको छ। शुक्रबार बसेको बैठकमा विभिन्न विकल्पमा छलफल भएपनि के गर्ने निष्कर्ष भने निकालिएको छैन। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा विभिन्न मन्त्रालयका मन्त्रीसहित बसेको बैठकमा फरक फरक विकल्पमा कुराकानी भएको सिसिएमसी स्रोतले जनाएको छ।
यसअन्र्तगत चाडपर्वका बिदाअघि सार्ने तथा संक्रमणदर उच्च भएका ठाउँमा निषेधाज्ञासमेत जारी गर्ने विषयमा छलफल भए पनि ठोस निर्णय भने सोमबार बस्ने बैठकबाट मात्र हुनसक्ने सिसिएमसीका एक सदस्यले जानकारी दिए। ‘अहिलेसम्म विभिन्न मन्त्रालयका मन्त्रीहरूले फरकफरक विकल्पबारेमा छलफल गर्नुभएको छ। सोमबार बस्ने बैठकले ठोस निर्णय गर्नसक्छ,’ ती सदस्यले भने। बैठकमा संक्रमण दर थप बढ्दै गएमा आइसोलेसन सेन्टर थप गर्ने तथा अस्पतालहरूमा आइसियुलगायतका पूर्वाधार थप गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *