खोटाङको दिप्रुङ चुइचुम्मा गापद्वारा घरघरमै सम्मान - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

खोटाङको दिप्रुङ चुइचुम्मा गापद्वारा घरघरमै सम्मान

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरेको छ । कोभिड–१९ को कहरका बाबजुद पनि नगरपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरताको लागि उक्त कार्यक्रम आयोजना गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडाका एकजना महिला र एकजना पुरुष ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहेको हो ।
लामो समयसम्म जीवनयापन गरिरहनु भएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यस्थिती र उहाँहरुबाट आर्शिवाद लिंदै गाउँपालिकाले साउन ४ गतेबाट सुरु गरेको सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । आइटी अफिसर राईका अनुसार बुधबार दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा खामडाँडाकी ९६ वर्षीया धनकुमारी रायलाई सम्मान गरिएको छ ।
उहाँलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले घरैमा पुगेर सम्मान गरेका छन् । सम्मान स्वरुप एक थान सिरक, एक थान डसना, एक थान बेडसिट, एक थान सिरानी, एक बट्टा हर्लिक्स र एक वटा झुल प्रदान गरिएको छ । सम्मान कार्यक्रममा याम्खाका वडाध्यक्ष शमशेर बहादुर कार्की, कार्यपालिका सदस्य सत्यवती राई, याम्खाका वडा सदस्य शान्तामाया मुग्राती र सप्तेश्वर छितापोखरीका वडा सदस्य अमृत गिरीको उपस्थिती थियो ।
यसअघि गाउँपालिकाले छोरम्बुका ९५ वर्षीय जगत बहादुर बस्नेत, ९६ वर्षीया सन्तमाया राई, सप्तेश्वर छितापोखरीका ९१ वर्षीय जस बहादुर राई, ८५ वर्षीया चन्द्रकला थापा, छितापोखरी अखटेका ९१ वर्षीया विष्णुमाया भुजेल र धिप्लुङका ९० वर्षीय बुद्धिमान दर्जीलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *