अवैध लागु औषधसहित दुई जना पक्राउ - जन्ते ढुंगा
October 2020
S M T W T F S
« Sep    
 123
45678910
11121314151617
18192021222324
25262728293031

अवैध लागु औषधसहित दुई जना पक्राउ

सन्तो पौडेल ,खोटाङ,२९असोज । अबैध लागु औषध गाँजासहित खोटाङका दुई युवा पक्राउ परेका छन् । प्रहरीले सात केजि गाँजासहित कारोबारमा संलग्न दुई युवालाई बुधबार पक्राउ गरेको हो
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका -१ बयक्ता बस्ने बर्ष २१ का सुवास राई सोहि वडा बस्ने बर्ष २३ का अविन नेपालि पक्राउ परेका हुन । गएराति सात बजे इलाका प्रहरी कार्यालय हलेसीको टोलिले गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताउनुभयो ।
घरमा अबैध रुपमा गाँजा साथै सुर्ति बिक्रि वितरण गर्दै आएका उनिहरुको साथबाट सात केजि गाँजा ,१५ बोरा भाले बा्रण्डको सुर्ति ,२ बोरा खूल्ला सुर्ति ,२ बोरा चुना ,१ बोरा सुर्ति प्याक गर्ने प्लाष्टिक ,२ थान फलामको दाउ , १ थान काठको अचानो , १ थान गाँजा बनाउने मेसिन र २ बोरा महादेव लेखिएको छाप स्टिकर प्रहरीले बरामत गरेको हो । पक्राउ पेका उनिहरुलाई लागु औषध गाँजा तथा राजस्व कर छलि सम्बन्धि मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *