एक दिने निशुल्क मानसिक स्बास्थ्य शिबिर सम्पन्न । - जन्ते ढुंगा

एक दिने निशुल्क मानसिक स्बास्थ्य शिबिर सम्पन्न ।

थाक्रे गाउँपलिका , धादिङमा एक दिने निशुल्क मानसिक स्बास्थ्य शिबिरको आयोजना गरियो । मानसिक एवं मनोसामाजिक सु स्बास्थ्यको राष्ट्रिय अभियान नेपाल , थाक्रे गाउपालिका र मनोरोग उपचार केन्द्रको संयुक्त आयोजनामा भएको उक्त शिबिरमा मनोचिकित्सक डा. पुष्प प्रसाद शर्मा , मनोबिद गोपाल ढकालले बिरामीहरुलाई सेबा प्रदान गर्नु भएको थियो । शिबिरमा बिरामीहरुको चेक जाँच, मनोपरामर्श सेबा तथा निशुल्क अौषधि समेत बितरण गरिएको थियो । एक सय एघारले शिबिरबाट सेबा लिएका थिए । शिबिरमा उपस्थित धेरै बिरामी कडा खालको मानसिक रोगी भएको मनोबिद गोपाल ढकालले बताए । थाक्रे गाउँ पालिकामा आत्महत्याका घटनाहरु बढदै गएकोमा गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतिले चिन्ता ब्यक्त गरिन । स्थानिय निकायहरुले बाटोघाटो , बिजुली पानीमा मात्र ध्यान दिएर नहुने जनताको मानसिक स्बनस्थ्यमा पनि त्यति नै ध्यान दिनु पर्ने बेला आएको गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले बताउनु भयो । थाक्रे गाउँपलिकामा यश भन्दा अगाडि पनि मानसिक स्बास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको थियो । थाक्रे गाउँ पालिकाको सडकबाट यश भन्दा अगाडि पनि एक जना मनोरोगीको उद्दार गरेर उपचार भैरहेको छ । उहाँमा अहिले उल्लेखनीय सुधार भईरहेको समेत मनोबिद ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *