अकल्पनियताको पराकाष्ठा : ‘फोटो खोजेर यस माथि समबेदना लेख्दाको पिडा म शब्दमा बयान गर्न सक्दिन मित्र’ – कलाकार दिपकराज गिरि - जन्ते ढुंगा

अकल्पनियताको पराकाष्ठा : ‘फोटो खोजेर यस माथि समबेदना लेख्दाको पिडा म शब्दमा बयान गर्न सक्दिन मित्र’ – कलाकार दिपकराज गिरि

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । उनि ५४ वर्षका थिए । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो ।

उनको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए । उनि चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।

झापाबाट ३० वर्षअघि कलाकारिता गर्न केशब काठमाडौं आएका थिए। उनको चाहना नायक बन्नु थियो। उनी पहिलो पटक तुलसी घिमिरेको फिल्म ‘कोसेलीमा छोटो रोलमा देखिए। त्यसपछी घिमिरेले अर्को फिल्म ‘चिनो’ मा पनि सानो भुमिका पाए। चलचित्र पुकार मार्फत नायक बन्ने आफ्नो सपना साकार पारे तर खासै सफलता पाउन सकेनन्। त्यसपछि उनले आफ्ना मित्र तथा कलाकार रामकृष्ण बजगाईँसंग मिलेर आफ्नै लगानीमा फिल्म २०५३ मा ‘दौँतरी’ बनाए, राम्रै भूमिका पनि निभाए ।

डाइरेक्टर दयाराम दाहाल र हिरो राजेश हमाललाई लिए । ‘मुसुमुसु हाँसिदेउ सानी, यसपालि त झ्याइँ पार्ने, झ्याइँ पार्ने’ गीतले बजार पिट्यो । फिल्म सुपरहिट भएपछी उनले पछाडि फर्केर हेर्न परेन। त्यसपछि उनीहरूले ०५५ सालमा ‘ठूल्दाइ’ फिल्म बनाए । शिव श्रेष्ठ, जल शाह, निरुतासहित चलेका स्टार, डाइरेक्टर दयाराम नै । गीतले फेरि बजार पिट्यो, ‘सुन सुन सनम मलाया छाउनी…।’ त्यसपछि केशव एक्लैले ०५७ सालमा फिल्म ‘आफ्नो मान्छे’ बनाए, शिव रेग्मीलाई डाइरेक्टर लिएर ।

राजेश हमालबिनाको फिल्म फ्लप हुन्छ भन्थे, तर श्रीकृष्ण श्रेष्ठले त्यही फिल्मबाट बजार पिट्न थाले । विपना, निरुता, दिलिप पनि थिए त्यसमा । गीत निक्कै चल्यो, ‘चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा, माफी हुन्छ क्या मालुम मायाको गल्तीमा… ।’ पचासको दशकमा नेपाली रजतपटमा उदाएका भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु लगायतका हिट चलचित्र निर्माण गरेका छन्।

त्यसैगरी झन्डै सय चलचित्रहरूमा विभिन्न भुमिकामा अभिनय गरेका छन्। उनले निर्माण गरेको पछिल्लो चलचित्र यात्रा हो। जुन गत साल चैत २१ गते प्रदर्शन भएको थियो। रवि लामिछानेसंग बिबाह पश्चात निकिता भट्टराईले राजिनामा दिएपछि गतबर्ष चैत ४ गते बसेको मन्त्री परिषदको बैठकले उनलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

दुई दिन अगाडी मात्र अर्का कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृ त भेटिएका थिए । ‘शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका उनि सधैका लागि सुते जुन खबर एकदम मर्माहित थियो । उनको निधनको खबर संगै आज निधन भएका अध्यक्ष केशव भट्टराईले अफ्नो फेसबुक वालमा उनको खबर दुखद भएको भन्दै सामाजिक संजालमा उनको तस्विर राखेर श्रदान्जली अर्पण गरेका थिए तर दुखद कुरा के भने उनको तस्विरमा श्रदान्जलीको पोस्ट पुरानो हुन नपाउँदै आज आफै सधैको लागि यो संसारबाट बिदा भएका छन् । उनको यो अकस्मात भएको निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन उनलाई चिन्ने सम्पूर्ण नेपालीहरु सोकमाग्न छन ।

उनको निधन पछि कलाकार दिपकराज गिरीले पनि अफ्नो फेसबुक मार्फत निकै स्तब्ध भएको जनाएका छन् । उनले फेसबुक वालमा लेख्दै भनेका छन्, ‘यो फ़ोटो खोजेर यस माथि समबेदना लेख्दाको पिडा म शब्दमा बयान गर्न सक्दिन…अकल्पनियताको पराकाष्ठा’ उनले थप अघि लेख्दै भनेका छन्, ‘अस्ति स्व. शिब रेग्मीको निधनको बारेमा उहॉलाइ लाइ सम्झेर दुइ अक्षर लेखेको थिए.. हिजो मात्रै दीपक क्षेत्री दाइको निधनले दुखित तुल्यायो र केहि शब्द कोरे आज उनै शिब रेग्मीका प्रिय पात्र’ थप अगाडी लेख्दै उनले भट्टराईलाइ सम्झेका छन्, ‘एक सच्चा चलचित्रकर्मी केशबजी बित्नु भयो भन्ने समाचारले स्तब्ध भएको छू….. मान्छे म’रे पछि मात्रै उस्को प्रशंसा गरिने हाम्रो समाजमा उहॉ एउटा यस्तो पात्र जल्लाइ म ज्यूदै प्रशंसा गर्थे……म मात्रा होइन सायद धेरैले’ अघि लेख्दै दीपकले भने, “बिकाश बोर्डमा नियुक्त भएकै दिन मलाइ उहॉले भन्नु भएको थियो “तपाइले काम नगर्र्नेहरूलाइ खूब उडाएर लेख्नु हुन्छ अब मेरो पालो हो भनेर सोच्नु भाको होला तर म तपाइलाइ सकेसम्म त्यो मौका नै दिन्न मित्र” भन्नु भएको कुरा प्रतिध्वनित हूदै अहिले पनि कानमा गुन्जिरहेछ ….. बाँकि दिपकले लेखेको स्टाटस जस्ताको तस्तै तल पढ्नुहोस :

यो फ़ोटो खोजेर यस माथि समबेदना लेख्दाको पिडा म शब्दमा बयान गर्न सक्दिन…अकल्पनियताको पराकाष्ठा !
अस्ति स्व. शिब रेग्मीको निधनको बारेमा उहॉलाइ लाइ सम्झेर दुइ अक्षर लेखेको थिए.. हिजो मात्रै दीपक क्षेत्री दाइको निधनले दुखित तुल्यायो र केहि शब्द कोरे आज उनै शिब रेग्मीका प्रिय पात्र . एक सच्चा चलचित्रकर्मी केशबजी बित्नु भयो भन्ने समाचारले स्तब्ध भएको छू….. मान्छे म रे पछि मात्रै उस्को प्रशंसा गरिने हाम्रो समाजमा उहॉ एउटा यस्तो पात्र जल्लाइ म ज्यूदै प्रशंसा गर्थे……म मात्रा होइन सायद धेरैले …,,

“ बिकाश बोर्डमा नियुक्त भएकै दिन मलाइ उहॉले भन्नु भएको थियो “तपाइले काम नगर्र्नेहरूलाइ खूब उडाएर लेख्नु हुन्छ अब मेरो पालो हो भनेर सोच्नु भाको होला तर म तपाइलाइ सकेसम्म त्यो मौका नै दिन्न मित्र “ भन्नु भएको कुरा प्रतिध्वनित हूदै अहिले पनि कानमा गुन्जिरहेछ …..

निधन पछि हरेक मृ’तकका अगाडि मृदुभाषि लेखिन्छ तर उहॉ अनुभूति नै हुने गरेर साच्चिकै मृदुभाषी हुनुहुन्थ्यो ….अरूका दुखलाइ आफ्नो ठानेर बोलिदिने, सहयोगी, सम्पूर्ण जीवन चलचित्र क्षेत्रमा अर्पण गर्रेका एक होनहार ब्यक्तित्व गुमाउनु परेकोमा ठूलो पिडा बोध भैरहेको छ …., यो नेपाली चलचित्र जगतको लागि साच्चिकै अपूरणीय क्षति हो …..तर अन्तिममा उहि शब्द दैवले नै ‘कट इट एन्ड प्याकअप’ भने पछि त्यॉहा रिटेक को सम्भावना रहन्न… मुटुलाइ गुजुल्टो पारेर भन्नै पर्छ
अलबिदा! अलबिदा!! अलबिदा प्रिय मित्र केशब भट्टराइ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *