”द लिडर” को सुरुवात नेपाल बाट हुनु नेपाल र नेपालीको लागि गौरब गर्ने बिषय हो - सयोगि सृजन शर्मा - जन्ते ढुंगा

”द लिडर” को सुरुवात नेपाल बाट हुनु नेपाल र नेपालीको लागि गौरब गर्ने बिषय हो – सयोगि सृजन शर्मा

“द लिडर” एउटा एस्तो रियलिटी शो जुन सम्भवत २१औ सतबदीमा विश्वमा नौलो प्रयोग हुने छ । यो अभ्यासको नेपाल बाट सुरु हुनु भनेको हाम्रो देशको लागि गर्बको बिषय हो । यस किसिमको अभ्यासको सफल प्रयोग भएमा हाम्रो देशको भबिस्यको नेत्रित्व उक्त शोमा कुनै न कुनै ढंगले जोडीने सम्भावना अत्यधिक छ । संगीतको क्षेत्रमा हाम्रो देशले यस्तै कार्यक्रम मार्फत धेरै आस लघ्दा प्रतिभा जन्माइ सकेको हामी लाई था छ तेस्ताइ नृत्यमा,अभिनयमा पनि धेरै प्रतिभावन ब्यक्तित्वहरु जन्माइ सकेका छन जस्ले राष्ट्रिय-अन्तरास्ट्रिय रङमन्चमा धेरै ठुलो प्रभाव राख्ने गरेका छन ।
बिशेसत नेपाली राजनीतिको गलत अभ्यास नताबाद कृपाबाद अनी भ्रस्ट राजनीतिक पारीपटीलाई चुनौतीको रुपमा यो कार्यकरम चट्टान झै बलियो भएर खडा हुन जरुरी छ । देशकै आस गर्न लयक ब्यक्ती मद्धे एक रबी लमिछने “कोही त छ – कोही त पक्का छ” भनी रहदा उर्जा प्राप्त हुने गर्छ साथै उनी कार्यकरमका पारीकल्पनाकार रहनु नै यस कार्यकरमको सफलताको सफलताको सन्केत हो । यो अभ्यासले दिर्गकालिन साकरात्मक प्रभाब दिन सक्ने सम्भावना धेरै छ किन भने देशले भरोसा गरेका ब्यक्ती हरुले कार्यक्रम निर्माण गर्नु र निर्णयक मन्डलमा पनि राष्ट्र राजनीतिमा प्रभाब राख्ने ब्यक्तित्व हरु हुनुले पनि एस्को गहनता लाई उजागर गरेको छ ।
खास गरी राष्ट्रिय राजनीतिमा अत्यन्तै धेरै उमेर भको नेत्रित्व जस्ले हाम्रो देशको बेवस्था परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्यो त्यो नेत्रित्व बाट देशको बर्तमान अवस्था परिवर्तन गर्न सम्भब न भएको भन्ने एक थरीले अरोप लगाइ रहदा “द लिडर” को धेरै ठुलो प्रभाब रहन सक्छ । एस्को छनोट प्रकृया नेपालको ७ तै वटा बिकास क्षेत्र तथा बिदेशमा समेत हुने जानकारी सार्वजनिक भाई रहदा देश तथा बिदेशमा रहनु भएका नेपाली हरुमा साकारअत्मक उत्सहको अनुभब हुन थालेकोको । एस्तो कार्यकरम विश्व मै नौलो प्रयोग भएकोले एस लाई सफल बनाउन हाम्रो कर्तब्य हो । बिशेष गरी हाम्रो देशको नेत्रित्वले हरेक समयमा जिम्बेवार जवाफको आस गर्ने हामी नेपाली नेत्रित्व भ्रस्टचार मुक्त रहोस नाता बाद कृपाबादमा संलग्न न भएको होस भन्ने सोच्ने गर्छौ तर पारीणम तेस्को ठीक बिपरित पाउने गर्छ अस गरेको नेत्रित्व काठमाडौंमा घर भाई भाई सरकार बाट घर भाडाको सुभिदा लिने गरेको समाचारमा आउने गरेको देख्दा त्यस्तो गैर जिम्बेवार ब्यक्ती हरु लाई तत्काल कारबाही हुन पर्छ भने आम नेपालीले सोच्नु स्वाभाबिक हो ।
सम्भवत टप १० “द लिडर” हरु पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइकोपार्टी सङिय समाजवादी पार्टीको वा बिबेक शिल साझा पार्टीको तर्फ बाट केन्द्रिय सदस्य बन्ने सम्भावना पनि छ र त्यो हुन पर्छ साथै राम्रो सम्भावना भएको “द लिडर ” लाई सम्सदको उमेद्वार बनाउनु पर्छ भन्ने धेरैले जोड दिएका छन । चकडी चप्लुसी नताबाद कृपाबाद वा सम्सद को टिकट किन्ने बेच्ने अभ्यास भको हाम्रो नमिठो अनुभव लाई निर्मुल पर्न पनि एस किसिमको अभ्यास अवसेक थ्यो ।
असल र सफल नेत्रित्व गर्न सक्ने धेरै युवा हरु बिदेश पलायन हुन वाध्य छन किन कि हाम्रो देशको राजनीतिक नेत्रित्वको छनोट प्रिकृया नै गलत छ उधारणाको लागि नेकपाको स्थाइ कमिटी, पोलिट बीउरो कमिटीमा मात्र एक हजार वा त्यो भन्दा बडी सदस्य छन कांग्रेसको केन्द्रिय कमिटीको त कुरा गर्न पनि लाज हुन्छ मर्ने अगिल्लो दिन समन सेर बहादुर देउबा पार्टी सभापति छोडने सोचमा छैनन दुवै पार्टीको केन्द्रिय सदस्य एक हजार भन्दा बेसी छन एस्तो अवस्थामा नेत्रित्वमा पुग्ने के सपना देखेर राजनीति गर्ने जब कि हालका नेता हरुको जिम्बेवारी सकिए पछी मात्र नयाँको पलो आउने गर्छ कि त कुनै बारीस्ट नेताको कृपा हुन पर्छ नयाँ उर्जावान युवाले नेत्रित्वमा पुग्न ।
मेर केही नगन्य राजनीतिक शाहकर्मी जस्ल कुनै हालतमा अर्थिक अनियमिततामा संलग्न हुन हुँदैन भन्ने मन्यता राख्ने गर्थे उनी हरु राजनीति बाट या त पलायन भएका छन या त नेत्रित्वमा छैनन मेरो अनुभब पनि तेस्ताइ छ बिध्यार्थि राजनीतिमा सकृय भको बेला जिल्ला स्तरका नेता हरु ५ समानको दर्ता गरेको बिध्यालयले ७ समान सन्चालन गरेको पत्तालगाइ उक्त स्कुलका संचालक बाट अर्थिक प्रलोभनमा परेको बिरोध गर्नु पर्दा अनी राष्ट्रिय सम्भेलन र जिल्ला सम्भेलनको लागि गरिएको नगद सन्कलनको हिसाब पारदर्सी राख्न माग गर्दा राजनीति छोडनु परेको नमिठो अनुभब बोकेर हाल देश छोड्न वाध्य म र म जस्ता धेरै नेपाली युवा हरु जस्ले देशको लागि निस्वार्थ माया गर्ने गर्छन उनी हरु लागि धेरै ठुलो अवसर हुन सक्छ यो कार्यकरम । म जस्ता धेरै युवा जस्ले चप्लुशी चकडी न गरी राजनीतिमा केही सिक्न खोज्ने केही गर्न खोज्ने धेरै युवा हरु “द लिडर” बाट धेरै उत्सहित छन तसर्थ देश लाई सचो माया गर्ने प्रतेक युवा एस कार्यकरममा जोडीन जरुरी छ साथै यो अभ्यास लाई सम्पूर्ण नेपालीको समर्थनको अवसेक छ अन्त्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमै नौलो “द लिडर” नमक राष्ट्रिय राजनीतिको नेत्रित्व खोज्ने कार्यकरमका पारीकल्पनाकार रबी लमिछने जि लाई आभार ब्यक्त गर्दै कार्यकरमको सफलताको कामना गर्द छु ।

-सयोगि सृजन शर्मा
बिर्तामोड झापा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *